नेपाली काङ्रेस ओखल्ढुङ्गाको अधिवेशनमा बलियो देखियो खनाल समूह

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक २८, २०७८
|
|
२१ पटक हेरिएको
Shares
नेपाली काङ्रेस ओखल्ढुङ्गाको अधिवेशनमा बलियो देखियो खनाल समूह

सारांश

  • सत्तारुढ दल नेपाली कांग्रेस यतिबेला १४औँ महाधिबेशनको संघारमा छ ।
  • केही जिल्लामा क्रियाशील सदस्यता बिबाद देखी वडा नगर अधिवेशन सम्म भएको छैन तथापी महाधिबेशनको सरगर्मी अत्यन्तै बढेको देखिन्छ ।
  • शेर बहादुर देउबा, बिमलेन्द्र निधी, कल्याण गुरुङ लगायतका केन्द्रिय नेताहरुबीच पार्टिको केन्द्रीय सभापतिको लागि कडा प्रतिस्पर्धा हुँदै गर्दा पार्टिका युवा नेताहरु प्रदिप पौडेल, विश्वप्रकाश शर्मा र गगन थापा केन्द्रिय महामन्त्रीको दाबेदारको रुपमा रहेका छन् ।

सत्तारुढ दल नेपाली कांग्रेस यतिबेला १४औँ महाधिबेशनको संघारमा छ । केही जिल्लामा क्रियाशील सदस्यता बिबाद देखी वडा नगर अधिवेशन सम्म भएको छैन तथापी महाधिबेशनको सरगर्मी अत्यन्तै बढेको देखिन्छ । शेर बहादुर देउबा, बिमलेन्द्र निधी, कल्याण गुरुङ लगायतका केन्द्रिय नेताहरुबीच पार्टिको केन्द्रीय सभापतिको लागि कडा प्रतिस्पर्धा हुँदै गर्दा पार्टिका युवा नेताहरु प्रदिप पौडेल, विश्वप्रकाश शर्मा र गगन थापा केन्द्रिय महामन्त्रीको दाबेदारको रुपमा रहेका छन् । यसपटकको केन्द्रीय महाधिबेशन संगसंगै जिल्ला अधिबेशनको राजनीतिक माहोलसमेत अत्यन्त तातेको छ ।

यसैबीच अधिकांश जिल्लाहरुमा धेरै प्रतिस्पर्धात्मक बातावरण नदेखिएता पनि ओखलढुंगा जिल्ला भने केही भिन्न देखिएको छ । शहिद पुत्र बालकृष्ण दाहाल र कुनै समय जिल्लाका सर्बमान्य स्थानिय नेता भोजराज खनाल पुत्र तेजेन्द्र खनालका बीच जिल्ला सभापतिका लागि कडा टकराव रहेको छ । दाहाल सानै उमेरदेखी गिरिजाप्रसाद कोइरालाको छत्रछायाँमा हुर्केबढेका र लामो समय गिरिजाप्रसाद कोइरालाको स्वकिय सचिब समेत रहेकाले पटक पटक पार्टिको शक्ति केन्द्रित पदमा रहँदै हाल जिल्ला सभापतिमा उमेदवारी दिएका हुन भने खनाल २०४६ साल नेपाल बिधार्थी संघको जिल्ला कमिटीबाट राजनीतिक यात्रा सुरु गर्दै बिभिन्न समयमा नेबिसंघ महेन्द्र रत्न क्याम्पस अध्यक्ष, नेबिसंघ जिल्ला अध्यक्ष, १२ औँ महाधिवेसनमा ओखलढुंगाको जिल्ला सचिब हुँदै १३ औँ महाधिवेशनमा जिल्ला उपसभापती पदमा निर्वाचित भई पार्टिको बिभिन्न तहमा रहेर जिम्मेवारी सम्हाल्दै आएर हाल १४ औँ महाधिबेशनमा जिल्ला सभापति पदका लागि दाबेदारी पेश गरेका हुन ।

ओखलढुंगा जिल्ला राजनीतिक हिसाबले नयाँ भने पक्कै हैन । स्वर्गिय बलबहादुर राइ, गोपाल राइ जस्ता इमानदार र जनप्रेमी नेता लगायत बिभिन्न समयमा सहादत प्राप्त गरेका शहीदहरुको रगतले सिन्चित यस शहीदभुमीमा पछिल्लो समयका नेपाली राजनीतिका चम्किला नक्षत्र रामहरी खतिवडा, प्रदिप सुनुवार, दान ब. बानियाँ, खिलानाथ दाहाल, रुद्र अधिकारी, बेद ब. रोक्का, अशोक कार्की, जि.स.स. सभापति जय ब. श्रेष्ठ र तन मन लगाएर स्थानिय जनताको लागि जिल्लामै रहेर हरदम खटिरहने तेजेन्द्र खनालजस्ता युवा नेतृत्वकर्ता रहनुले यस जिल्ला नेपाली कांग्रेसको किल्ला रहनेमा दुई मत छैन ।

दाहाल प्यानलबाट उपसभापतिमा कमल तामाङ र शान्तिराज खड्काको उमेदवारी रहेको छ भने सचिब पदका लागि बिनोद के सी र राजाबाबु किरातीको उमेदवारी रहेको छ । त्यसैगरी सहसचिबमा उज्जन बुढाथोकी र टेक ब. बुढाथोकीको उमेद्वारी रहेको छ । वडा तथा पालिका अधिबेशनमा केही क्षेत्रमा राम्रै नतिजा हात परेपनी दाहाल पक्षको पकड क्षेत्र मोलुङ गाउँपालिकामा उनी निकट उम्मेदवार पराजित हुनुले सांगठनिक मजबुती तथा आन्तरिक समन्वयको कमी झल्काएको छ ।

खनाल प्यानलमा भने केन्द्रिय नेता रामहरी खतिवडाको साथ सहित उपसभापतिमा भुपेन्द्र बस्नेत र नवराज केसी, सचिव पदमा अजय लुइँटेल र राजकुमार ढुंगाना त्यसैगरी सहसचिब पदका लागि प्रदिप बानियाँ र भोजकुमार श्रेष्ठको उमेदवारी रहेको छ । वडा तथा पालिका अधिबेशनमा आठओटै स्थानिय तहमा बिजय प्राप्त गरेको खनाल समूह जिल्ला अधिबेशनमा पनि सकारात्मक नतिजा आउने कुरामा विश्वस्त देखिन्छ ।

तुलनात्मक रुपमा हेर्ने हो भने यसपटक खनाल समूह बलियो देखिएको छ । भुगोलमा भिजेका जनप्रेमी स्वच्छ छबी भएका जिल्ला सभापतिका साथ बिद्यार्थी राजनीति हुँदै नेपाली कांग्रेस पार्टी, तरुण दलको बाक्लो उपस्थिती र केन्द्रिय राजनीतिमा समेत दख्खल राख्ने उर्जावान ६ जना कार्यसमिती पदाधिकारी पुस्ता हस्तान्तरणको संबाहक बन्न सक्ने बलियो संभावना रहेको छ ।

प्यानलगत हिसाबले लगभग जित सुनिश्चित भईसक्दा पनि पार्टिको आन्तरिक चुनावलाई लक्षित गरी सामाजिक सन्जाल लगायतमा आइरहेका अनर्गल प्रचार, अनावश्यक होहल्ला र अतिरंजित समाचारबाट टाढै रहेको यस समुहले नेपाली कांग्रेस ओखलढुंगाको राजनीतिमा मौलाउँदै गएको दुषित बातावरणलाई सफाइ गर्ने संभाबना बलियो रहेपनी आकांक्षा अनुरुप पद प्राप्त नभएपछी दाहाल प्यानलको समर्थनमा जोडतोडले जुटेका केही युवाहरुको सामाजिक सन्जालका पोस्टहरु लाई आधार मान्ने हो भने केही ब्यक्तिहरुले त दाहाल समुहको बिजय समेत घोषणा गर्न भ्याइसकेका छन ।

यस बिषयमा खनाल निकट मानिने युवा नेता भन्छन “वास्तवमा औँला भाँचेरै गणना गर्ने हो भने पनि हामी करीब ४०० मतले अघि छौँ तथापी हामी होहल्ला ककटेल पार्टी गर्दै भ्रम छर्ने पक्षमा छैनौँ ; एउटै पार्टिमा हामी भोलि पनि सहकार्य गरेर अघि बढ्नुपर्ने भएकोले सौहार्दपूर्ण बातावरणमा प्रतिस्पर्धात्मक तवरले चुनाव सम्पन्न गराउँ बाँकी मतगणना पछी थाहा भईहाल्छ“।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दोलखामा वाम गठबन्धनका गुरुङ ३० हजार मतान्तरले विजयी
दोलखामा वाम गठबन्धनका गुरुङ ३० हजार मतान्तरले विजयी
कस्तो छ पशुपति प्रसाद २ भष्मे डन ? दर्शक भन्छन्- रुने पनि हाँस्ने पनि एकैपटक भयो
कस्तो छ पशुपति प्रसाद २ भष्मे डन ? दर्शक भन्छन्- रुने पनि हाँस्ने पनि एकैपटक भयो
भारत भ्रमणमा नयाँ ‘एयर रुट’ प्राप्त गर्ने प्रवल सम्भावना छ : प्रधानमन्त्री
भारत भ्रमणमा नयाँ ‘एयर रुट’ प्राप्त गर्ने प्रवल सम्भावना छ : प्रधानमन्त्री
चिनियाँ नेता ली उच्चस्तरीय भेटवार्तामा व्यस्त, छिट्टै सीमा बन्दरगाह खोल्ने प्रतिबद्धता
चिनियाँ नेता ली उच्चस्तरीय भेटवार्तामा व्यस्त, छिट्टै सीमा बन्दरगाह खोल्ने प्रतिबद्धता
Câmara Aprova Projeto Que Tributa Apostas Esportivas Com Cassinos Online; Texto Vai A Sançã
एआईजीहरु र सचिवको बैंक खाता र लकर रोक्का….
एआईजीहरु र सचिवको बैंक खाता र लकर रोक्का….
अल्पमतमा परेका प्रचण्डले किन लिन खोज्दैछन् विश्वासको मत ?
अल्पमतमा परेका प्रचण्डले किन लिन खोज्दैछन् विश्वासको मत ?
परम्परा, रहनसहन बोकेका समुदायको संरक्षण गर्नु सबैको साझा दायित्व : प्रधानमन्त्री
परम्परा, रहनसहन बोकेका समुदायको संरक्षण गर्नु सबैको साझा दायित्व : प्रधानमन्त्री
पाउनुपर्ने साढे २ कराेड अनुदानको रकम पाएनन उखु कृषकले
पाउनुपर्ने साढे २ कराेड अनुदानको रकम पाएनन उखु कृषकले
प्रतिनिधिसभा विघटन हुँदा प्रदेश र स्थानीय सरकारमा समस्या
प्रतिनिधिसभा विघटन हुँदा प्रदेश र स्थानीय सरकारमा समस्या

तपाईंले छुटाउनुभयो कि?