राष्ट्रियसभामा पानीदेखि विद्युतीय सवारी साधनसम्मका कुरा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख २६, २०७६
|
|
२९ पटक हेरिएको
Shares
राष्ट्रियसभामा पानीदेखि विद्युतीय सवारी साधनसम्मका कुरा

सारांश

  • काठमाडौं ।
  • बुधबार राष्ट्रियसभाको बैठकमा सांसदहरुले खानेपानीदेखि राजधानीमा विद्युतीय सवारी साधन गुडाउनुपर्नेसम्मको विषयमा कुरा उठाएका छन् ।
  • समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

काठमाडौं । बुधबार राष्ट्रियसभाको बैठकमा सांसदहरुले खानेपानीदेखि राजधानीमा विद्युतीय सवारी साधन गुडाउनुपर्नेसम्मको विषयमा कुरा उठाएका छन् । समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

सांसद हरिचरण शिवाकोटीले जनताको आधारभूत आवश्यकता सरकारले पूरा गरेकाले प्रमुख प्रतिपक्षले राम्रोलाई राम्रो भन्नुपर्ने बताए ।

सांसद रमेशप्रसाद यादवले प्रधानमन्त्रीको अभिव्यक्तिले सङ्घीयता खतरामा परेकोले सचेत हुन आग्रह गरे । बारामा अन्तर्राष्ट्रिय विमानस्थलको नाममा जङ्गल फँडानी भइरहेकामा रोक्न पनि उनले माग गरे ।

पानीको मुहान सुक्दै गएकाले बेलैमा सरोकार भएका निकायको ध्यान जानुपर्ने उनको भनाइ थियो । किसानले उखु खेतीको भुक्तानी नपाएको र चुरे संरक्षण नारामा मात्र सीमित भएकाले सुधार गरिनुपर्ने माग सांसद यादवको थियो ।

सांसद सुमनराज प्याकुरेलले मर्यादाक्रम कानुनमै व्यवस्था गरिनुपर्ने र बेलाबेलामा परिवर्तन गर्न नहुने बताए । राजधानीमा पेट्रोलियम पदार्थको खपत कम गराउन विद्युतीय सवारी साधन चलाएर वातावरणमैत्री बनाइनुपर्ने उनको भनाइ थियो ।

सांसद जीतेन्द्रनारायण देवले मङ्गलबारको सभाको बैठकमा प्रधानमन्त्रीबाट संविधानको धारा ५६ र ५७ प्रतिकूल हुने गरी एकात्मक राज्य सत्तामुखी भई सङ्घअन्तर्गत प्रदेश सरकारप्रति आपत्ति जनाउँदै ध्यानाकर्षण गराए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निर्वाचन आउन ३८ दिन बाँकी: समस्या सुल्झाउन आयोगको संयुक्त संयन्त्र तयार
निर्वाचन आउन ३८ दिन बाँकी: समस्या सुल्झाउन आयोगको संयुक्त संयन्त्र तयार
सुहागरातको भोलिपल्ट तन्ना किन फेरिन्छ?
सुहागरातको भोलिपल्ट तन्ना किन फेरिन्छ?
लेखक खगेन्द्र संग्रौलाको केपी ओलीप्रतिको यस्तो कमेन्टलाई के भन्नुहुन्छ ?
लेखक खगेन्द्र संग्रौलाको केपी ओलीप्रतिको यस्तो कमेन्टलाई के भन्नुहुन्छ ?
स्थानीय तहमा कर्मचारी सरुवा, बढुवा रोक्दै
स्थानीय तहमा कर्मचारी सरुवा, बढुवा रोक्दै
बाँकी भुटानी शरणार्थीको अवस्था के होला ? अर्को मुलुक समायोजनमा जालान कि भुटान फर्केलान ?
बाँकी भुटानी शरणार्थीको अवस्था के होला ? अर्को मुलुक समायोजनमा जालान कि भुटान फर्केलान ?
ज्ञानेन्द्र शाहीलाई आक्रमण गर्ने मुख्य आरोपीमाथि ज्यान मार्ने उद्योगमा अनुसन्धान
ज्ञानेन्द्र शाहीलाई आक्रमण गर्ने मुख्य आरोपीमाथि ज्यान मार्ने उद्योगमा अनुसन्धान
काठमाडौंका सडकमा ज्यान जोगाएर हिड्नुस् है!
काठमाडौंका सडकमा ज्यान जोगाएर हिड्नुस् है!
नेपोको राष्ट्रिय भेला बुटवलमा सम्पन्न
नेपोको राष्ट्रिय भेला बुटवलमा सम्पन्न
नेपाल र भट्टराईमाथि अनुसन्धान नगर्न सरकारकै दबाब
नेपाल र भट्टराईमाथि अनुसन्धान नगर्न सरकारकै दबाब
‘विचौलियाको पक्षमा लागेको भन्दै कृषि मन्त्रालय नै खारेजको माग’
‘विचौलियाको पक्षमा लागेको भन्दै कृषि मन्त्रालय नै खारेजको माग’

तपाईंले छुटाउनुभयो कि?