काठमाडौंका सडकमा ज्यान जोगाएर हिड्नुस् है!

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक ११, २०७५
|
|
२५ पटक हेरिएको
Shares
काठमाडौंका सडकमा ज्यान जोगाएर हिड्नुस् है!

सारांश

  • काठमाडौं,११ कात्तिक ।
  • काठमाडौं उपत्यकामा दिनहुँजसो दुर्घटनामा परी अकालमा ज्यान गुमाइरहेका छन् ।
  • सडकमा लापर्वाही चल्ने सवारी साधन, खानेपानी, ढलका लागि खनिएका खाल्डाखुल्डी खुलै छोड्दा यात्रुका ज्यान जोखिममा पार्दै गएका छन् ।

काठमाडौं,११ कात्तिक । काठमाडौं उपत्यकामा दिनहुँजसो दुर्घटनामा परी अकालमा ज्यान गुमाइरहेका छन् । सडकमा लापर्वाही चल्ने सवारी साधन, खानेपानी, ढलका लागि खनिएका खाल्डाखुल्डी खुलै छोड्दा यात्रुका ज्यान जोखिममा पार्दै गएका छन् ।  २४ घण्टाभित्र सडककै कारण काठमाडौंमा ४ जनाले अकालमा ज्यान गुमाउनु पर्यो । खलाँसीले ट्याक्टर चलाउँदा शुक्रबार तारकेश्वर नगरपालिका लोलाङहाइटमा तिलकुमारी तिवारीसहित तीनजनाको मृत्यु भयो । तिवारी बिहान १० बजेतिर घरबाट पसलमा सामान किन्न जाँदैथिइन ।

दैनिक उपभोग्य सामान किन्नका लागि पसल गइरहेका उनका ३ वर्षका नाति र उनकी छिमेकी साबित्री पुडासैनीको ट्याक्टरले किचेर ज्यान गयो । तीनजनाको ज्यान जानेगरी अकालमा उनीहरुको ज्यान गयो । त्यसैगरी खानेपानीको धरापमा राखिएको मंगालमा परी शनिबार बिहान कीर्तिपुरमा श्याम श्रेष्ठको ज्यान गयो । डल्लुबाट साइकलमा दक्षिणकाली जाँदै थिए । उनी कीर्तिपुरमा खुलै राखिएको सडकको मंगलमा साइकलसहित खसेका थिए । मंगालको ढकनी नलगाएका कारण उनी त्यसमा खसेका थिए ।

खानेपानी, ढलका लागि जथाभावी खनिएका खाल्डा अलपत्र छोड्दा समेत मानिसको ज्यान जोखिममा पर्दै गएको छ । सडकमा जथाभावी चल्ने टिपर, ट्याक्टरले समेत अकालमा मान्छेको ज्यान गएको छ । सम्बन्धित निकायको लापवहीका कारण ज्यान जाने गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?