राष्ट्रियसभामा शोक प्रस्ताव पारित

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ २१, २०८०
|
|
४७ पटक हेरिएको
Shares
राष्ट्रियसभामा शोक प्रस्ताव पारित

सारांश

  • काठमाडौँ ।
  • राष्ट्रियसभाको आजको बैठकले संविधानसभा सदस्य तथा पूर्वराज्यमन्त्री मीना पाण्डेको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।
  • राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रस्तुत गरेको उक्त शोक प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले संविधानसभा सदस्य तथा पूर्वराज्यमन्त्री मीना पाण्डेको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रस्तुत गरेको उक्त शोक प्रस्ताव सर्वसम्मतिले पारित भएको हो । उनको निधनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक–सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ ।

स्वर्गीय पाण्डे नेपाली कांग्रेस पार्टीबाट २०४८ र २०५१ सालमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित, विसं २०६४ सालको संविधानसभा निर्वाचन र विसं २०७४ सालको प्रतिनिधिसभाका निर्वाचनमा समानुपातिक सदस्यमा निर्वाचित भएको थियो ।

पूर्वमहिला, बालबालिका तथा समाजकल्याण राज्यमन्त्री समेत रहेकी उनी सालिन र सरल नेत्री थिइन् । उनको ७२ वर्षको उमेरमा यही जेठ १६ गते असमायिक निधन भएको थियो ।

राष्ट्रियसभाको अर्को बैठक सोमबार १ बजे बस्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?