निर्वाचन आयोग विरुद्ध सर्वोच्चमा रिट

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ ३१, २०७५
|
|
१७ पटक हेरिएको
Shares
निर्वाचन आयोग विरुद्ध सर्वोच्चमा रिट

सारांश

  • काठमाडौं, ३१ जेठ ।
  • निर्वाचन आयोग विरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय समितिमा ३३ प्रतिशत बिना दर्ता गरेको भन्दै सर्वोच्च अदालतमा बिहिबार (आज) रिट निवेदन दर्ता भएको छ ।
  • नेपाल कम्युनिष्ट पार्टी सहित निर्वाचन आयोगमा दर्ता भैसकेका दलहरुले समेत केन्द्रीय समितिमा कानुनले तोके अनुसार ३३ प्रतिशत महिला नराखी दल दर्ता गर्नु संविधान विपरित भन्दै निवेदन परेको हो ।

काठमाडौं, ३१ जेठ । निर्वाचन आयोग विरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय समितिमा ३३ प्रतिशत बिना दर्ता गरेको भन्दै सर्वोच्च अदालतमा बिहिबार (आज) रिट निवेदन दर्ता भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी सहित निर्वाचन आयोगमा दर्ता भैसकेका दलहरुले समेत केन्द्रीय समितिमा कानुनले तोके अनुसार ३३ प्रतिशत महिला नराखी दल दर्ता गर्नु संविधान विपरित भन्दै निवेदन परेको हो ।

बरिष्ठ अधिवक्ता लगायत १४ जनाले निर्वाचन आयोगलाई विपक्षी बनाइ निवेदन दर्ता भएको हो । संविधानको धारा २६९ को उपधारा २ ले मा आयोगमा दल दर्ता गराउँदा ३३ प्रतिशत महिला हुनुपर्ने अनिवार्य शर्त उल्लंघन गरेको भन्दै निवेदन परेको हो ।

संविधानको धारा ३८ को उपधारा ४ ले राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक मौलिक अधिकारको रुपमा हुँदाहुँदै आयोगमा दल दर्ता गर्न नपाइने निवेदनमा दाबी छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?