नेताका कुरा मात्र भन्ने भ्रम पर्छ होला: पुष्पकमल दाहाल

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन ७, २०७५
|
|
२३ पटक हेरिएको
Shares
नेताका कुरा मात्र भन्ने भ्रम पर्छ होला: पुष्पकमल दाहाल

सारांश

  • गोरखा,७ असाेज  ।
  •  पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी पाँच वर्षभित्रमा देशको मुहार फेरिने बताएका छन् ।
  • गोरखाको बुटारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले ७० वर्षसम्म विकासका माध्यमबाट देशको मुहार फेर्ने परिस्थिति नबनेको भन्दै अबको पाँच वर्षभित्रमा देशको मुहार फेरिने बताएका हुन् ।

गोरखा,७ असाेज  । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी पाँच वर्षभित्रमा देशको मुहार फेरिने बताएका छन् । गोरखाको बुटारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले ७० वर्षसम्म विकासका माध्यमबाट देशको मुहार फेर्ने परिस्थिति नबनेको भन्दै अबको पाँच वर्षभित्रमा देशको मुहार फेरिने बताएका हुन् ।

‘हुँदैन भनेका धेरै काम नेपालमा भएका छन्, गणतन्त्र आउँदैन होला भनेको आयो, संघीयता आउँदैन भनेको आयो, चुनाव हुँदैन होला भनेको भयो अब विकास पनि केहो केहो यो नेताका कुरा मात्र भन्ने भ्रम पर्छ होला तर म के विश्वास दिलाउँन चाहन्छु भने अबको पाँच वर्ष भित्रमा नेपालको मुहार फेरिन्छ’ प्रचण्डले भने,‘यो परिस्थिति ७० वर्षसम्म बन्न सकेको थिएन अब बनेको छ ।’

अध्यक्ष प्रचण्डले आफूहरु सबै आफ्नो आफ्नो ठाउँबाट दृढता पूर्वक लागेका छौं बताउँदै परिणाम निकाल्ने ढंगमा काम गरिरहेको बताए । ‘केही ढिला भयो होला तर त्यो तयारी पूरा भएपछि निस्कने परिणाम मिठिनो नै निस्कने छ ’ प्रचण्डले भने । गोरखा नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टरार्इको गृहजिल्ला हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?