राष्ट्रियसभा निर्वाचनको मतदान सातै प्रदेशमा सुरु
सारांश
- काठमाडौँ ।
- राष्ट्रियसभा सदस्यको निर्वाचन अन्तर्गत सातै प्रदेशमा मतदान सुरु भएको छ ।
- कूल सदस्य मध्ये १८ पदका लागि विहान १० वजेदेखि मतदान सुरु भएको हो ।
काठमाडौँ । राष्ट्रियसभा सदस्यको निर्वाचन अन्तर्गत सातै प्रदेशमा मतदान सुरु भएको छ ।
कूल सदस्य मध्ये १८ पदका लागि विहान १० वजेदेखि मतदान सुरु भएको हो ।
वाग्मती प्रदेश अन्तर्गत ललितपुर महानगरपालिका वडा नं ४ समितिको भवनमा कायम गरिएको मतदान केन्द्रमा मुख्यमन्त्री डोरमणि पौडेलले पहिलो मतदाताका रुपमा मतदान गरेका छन् ।
यस प्रदेशमा रिक्त महिला र अन्य समूहमा तीन/तीन जनाका दरले छ जनाको उम्मेदवारी रहेको छ।प्रदेशसभा सदस्यतर्फ ११० र स्थानीय तह सदस्यतर्फ २३८ गरी ३४८ जना मतदाता रहेका छन्।
५९ सदस्यीय राष्ट्रियसभाका एक तिहाइ अर्थात् १९ सांसद्को पदावधि यही फागुन २० मा समाप्त हुँदैछ । तीमध्ये राष्ट्रपतिबाट मनोनित एक जनाको पनि समयावधि सकिन लागेकाले आज १८ सिटका लागि चुनाव हुँदैछ । प्रदेशसभा सदस्य, नगरपालिका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष राष्ट्रियसभा निर्वाचनका मतदाता हुन् ।
आयोगका अनुसार, कुल मतभार ५३ हजार ५ सय ८ रहेको छ । चुनावी मैदानमा ६ दलका ४५ उम्मेदवार छन् ।
आयोगका अनुसार, निर्वाचनको केही घण्टामै मतपरिणाम सार्वजनिक हुनेछ ।
प्रतिक्रिया