पीपीएल क्रिकेटः धनगढीकाे जित, शिर्ष ३ का लागि पाँच टाेली दावेदार

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक १५, २०७५
|
|
२२ पटक हेरिएको
Shares
पीपीएल क्रिकेटः धनगढीकाे जित, शिर्ष ३ का लागि पाँच टाेली दावेदार

सारांश

  • काठमाडाैँ, १५ कात्तिक ।
  • पोखरा प्रिमियर लिग(पीपीएल)मा बिहीबार  भएकाे  खेलमा धनगढी ब्लुजले बुटवल ब्लास्टर्सलार्इ २० रनले पराजित गरेकाे छ ।
  • धनगढीले दिएको १ सय ६२ रनको लक्ष्य पछ्याएको बुटवल निर्धारित २० अोभरमा ६ विकेट गुमाएर १ सय ४१ रनमा समेटियो बुटवलका लागि चिराग सुरीले नटअाउट ७९ रनको अर्धशतकीय पारी खेले।

काठमाडाैँ, १५ कात्तिक । पोखरा प्रिमियर लिग(पीपीएल)मा बिहीबार  भएकाे  खेलमा धनगढी ब्लुजले बुटवल ब्लास्टर्सलार्इ २० रनले पराजित गरेकाे छ । धनगढीले दिएको १ सय ६२ रनको लक्ष्य पछ्याएको बुटवल निर्धारित २० अोभरमा ६ विकेट गुमाएर १ सय ४१ रनमा समेटियो बुटवलका लागि चिराग सुरीले नटअाउट ७९ रनको अर्धशतकीय पारी खेले। ५४ बलको सामना गरेका उनले १२ चौका र १ छक्का प्रहार गरेका थिए।

त्यसबाहेक रोहन मुस्तफाले २० तथा सिद्धान्त लोहनी र सोमपाल कामीले समान १२-१२ रन जोडे।  धनगढीका सागर ढकालले २ तथा डेविड लरेन्स र कमलसिंह एेरीले १-१ विकेट लिए। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरको धनगढीले कप्तान दीपेन्द्रसिंह एेरी र ड्यानियल लरेन्सको अर्धशतकको मद्दतमा निर्धारित २० अोभरमा ४ विकेट गुमाएर १ सय ६१ रन जोडेको थियो। रधनगढीका लागि लरेन्सले ५५ र दीपेन्द्रले नटअाउट ५६ रनको पारी खेले। चौथो विकेटका लागि उनीहरुले १ सय ८ रनको साझेदारी गरेका थिए।

लरेन्सले ३९ बलमा ३ चौका र २ छक्का प्रहार गरेका थिए। दीपेन्द्रले ३९ बलमा ४ चौका र २ छक्का प्रहार गरे। यस्तै धनगढीका पिटर ट्रेग्रोले १४ तथा दीलिप नाथ र सुबेन्दु पाण्डेले समान १०-१० रन जोडेका थिए। बुटवलका विपिन खत्रीले २ तथा अविनाश बोहोरा र रोहन मुस्तफाले समान १-१ विकेट लिएका थिए।

धनगढीको जितसँगै विराटनगर बाहेक पाँच टोलीको अंक समान ४-४ भएको छ। प्रतियोगिताको प्रावधान अनुसार समुहको शीर्ष टोली सिधैँ फाइनलमा पुग्नेछ भने दोस्रो र तेस्रो हुने टोली इलिमेनेटर खेल्नेछन्। इलिमिनेटरको विजेता फाइनलमा पुग्ने टोली हुनेछ।

बिहीबारसम्मको खेल सकिदासम्म छ वटै टोलीको शीर्ष तीनमा पुग्ने सम्भावना कायम छ। तालिकामा बुटवल, पोखरा, चितवन, काठमाडौं र धनगढी क्रमश रनरेटका अाधारमा पहिलो देखि पाँचाै स्थानमा छन्। बुटवल, चितवन र धनगढीको एक एक खेल बाँकी छ भने पोखरा पल्टन र काठमाडौंले दुर्इ खेल खेल्न बाँकी छ।

(Zolpidem)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?