तनहुँमा सवारी दुर्घटना : सात महिनामा १५ को मृत्यु

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र १३, २०७९
|
|
५६ पटक हेरिएको
Shares
तनहुँमा सवारी दुर्घटना : सात महिनामा १५ को मृत्यु

सारांश

  • दमौली ।
  • तनहुँमा चालु आर्थिक वर्षको सात महिनामा सवारी दुर्घटनाबाट १५ जनाको मृत्यु भएको छ ।
  • चालु आव २०७९/८० को साउनदेखि माघसम्म जिल्लाका विभिन्न ठाउँमा भएका दुर्घटनामा १५ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

दमौली । तनहुँमा चालु आर्थिक वर्षको सात महिनामा सवारी दुर्घटनाबाट १५ जनाको मृत्यु भएको छ । चालु आव २०७९/८० को साउनदेखि माघसम्म जिल्लाका विभिन्न ठाउँमा भएका दुर्घटनामा १५ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

मुत्यु हुनेमा दश पुरुष, चार महिला र एक बालक रहेको कार्यालय प्रमुख प्रहरी नायब निरीक्षक राजीव विष्टले जानकारी दिए । सोही अवधिमा भएका दुर्घटनामा २८ जना घाइते भएका छन् । त्यसमध्ये १९ पुरुष, पाँच महिला र चार बालबालिका छन् । यो अवधिमा जिल्लामा ३६ सवारी दुर्घटना भएको छ ।

गत आव २०७८/७९ मा तनहुँमा ४९ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएका थिए । उक्त अवधिमा ३५ पुरुष, १२ महिला, एक बालक र एक बालिका गरी ४९ जनाको मृत्यु भएको थियो । कार्यालयले सात महिनाकै अवधिमा सवारी साधनलाई कारबाही गरेर रु दुई करोड नौ लाख ३७ हजार पाँच सय राजस्व सङ्कलन गरेको छ । प्रहरीले २६ हजार सात सय सवारी साधनलाई कारबाही गरेर उक्त राजस्व सङ्कलन गरेको हो ।

कारबाहीमा पर्नेमध्ये दुई पाङ्ग्रे सवारी साधनको सङ्ख्या बढेको छ । नौ हजार पाँच सय ४४ मोटरसाइकल तथा स्कुटर, पाँच हजार एक सय ४५ ट्रक, टिपर, पाँच हजार नौ सय २९ कार, जिप, एक हजार दुई सय १९ ट्याक्टर र चार हजार छ सय ५८ यात्रुवाहक बस र दुई सय पाँच अन्य सवारी साधनलाई कारबाही गरिएको प्रहरीले जनाएको छ ।

आर्थिक वर्ष ०७७/७८ मा जिल्लामा ४८ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएका थिए । उक्त अवधिमा ३७ पुरुष, आठ महिला र तीन बालकले ज्यान गुमाएका थिए । आर्थिक वर्ष ०७६/७७ मा ४४ र आव ०७५/७६ मा ६० जनाको सवारी दुर्घटनामा परी मृत्यु भएको थियो ।

जिल्लामा सबैभन्दा बढी दुई पाङ्ग्रे सवारी साधन दुर्घटना हुने गरेको छ । दुई पाङ्ग्रे सवारी साधन अत्यधिक भएकाले मोटरसाइकल र स्कुटर बढी दुर्घटनामा पर्ने गरेको विष्ट बताउछन् । उनले भने, “तीव्र गतिका कारण दुई पाङ्ग्रे सवारी साधन दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । युवाले जथाभावी सवारी हाँक्ने गरेकाले यो सङ्ख्या अत्यधिक छ ।”

सडकको भौगोलिक वनावट र खाल्डाखुल्डी पनि सडक दुर्घटनाको प्रमुख कारण रहेको प्रहरीको भनाइ छ । दुर्घटना कम गराउन प्रहरीले विद्यालय, क्याम्पसमा पुगेर पनि अभियान सञ्चालन गरिरहको छ ।

जिल्लामा बढीजसो दुर्घटना पृथ्वी राजमार्गमा हुने गरेको छ । पृथ्वी राजमार्ग अन्तर्गत कोत्रे, गाछेपानी, अकला, गुणादी, कमलबारी, नाहाला, विमलनगर, आँबुखैरेनीस्थित पावरहाउस बढी दुर्घटना हुने स्थान हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बामदेव गौतमलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी
बामदेव गौतमलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी
गोर्खा राईफल्सका एक्स–सर्विसमेन हवल्दार गुरुङ्गको ‘जुनी’ सार्वजनिक (भिडियोसहित)
गोर्खा राईफल्सका एक्स–सर्विसमेन हवल्दार गुरुङ्गको ‘जुनी’ सार्वजनिक (भिडियोसहित)
नेपालको पर्यटन विकासमा एनआरएनएको भूमिका अहम : राष्ट्रपति पौडेल
नेपालको पर्यटन विकासमा एनआरएनएको भूमिका अहम : राष्ट्रपति पौडेल
केका लागि हुँदैछ नेपाली युवतीको विदेशीसँग अनमेल विवाह ?
केका लागि हुँदैछ नेपाली युवतीको विदेशीसँग अनमेल विवाह ?
ताम्राकार मोबाइल कम्प्लेक्समा अबलोकनकर्ताको भीड
ताम्राकार मोबाइल कम्प्लेक्समा अबलोकनकर्ताको भीड
निजी क्षेत्रका पम्प सञ्चालकहरुद्वारा मंगलबारदेखि पेट्रोलको बिक्री बितरण बन्द
निजी क्षेत्रका पम्प सञ्चालकहरुद्वारा मंगलबारदेखि पेट्रोलको बिक्री बितरण बन्द
राप्रपा नेता पशुपति शम्शेर चुनाव प्रचारमा !
राप्रपा नेता पशुपति शम्शेर चुनाव प्रचारमा !
४७ मतान्तरले भरतपुर २ को वडाध्यक्षमा नेपाली कांग्रेसका मनोज रानाभाट विजयी
४७ मतान्तरले भरतपुर २ को वडाध्यक्षमा नेपाली कांग्रेसका मनोज रानाभाट विजयी
सवारी दुर्घटनामा एकको मृत्यु
सवारी दुर्घटनामा एकको मृत्यु
शाहीको अध्यक्षतामा अछाम–काठमाडौं सम्पर्क समाज
शाहीको अध्यक्षतामा अछाम–काठमाडौं सम्पर्क समाज