चीनमा ६.२ रेक्टर स्केलको शक्तिशाली भूकम्प, १११ जनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष ३, २०८०
|
|
६८ पटक हेरिएको
Shares
चीनमा ६.२ रेक्टर स्केलको शक्तिशाली भूकम्प, १११ जनाको मृत्यु

सारांश

  • एजेन्सी ।
  • चीनको उत्तरपश्चिम क्षेत्रलाई केन्द्र बनाएर गएराति शक्तिशाली भूकम्प गएकाे छ ।
  • चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार उत्तर–पश्चिम प्रान्त कान्सु केन्द्र भइ स्थानीय समय अनुसार सोमबार राति ११:५९ बजे ६.

एजेन्सी । चीनको उत्तरपश्चिम क्षेत्रलाई केन्द्र बनाएर गएराति शक्तिशाली भूकम्प गएकाे छ ।

चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार उत्तर–पश्चिम प्रान्त कान्सु केन्द्र भइ स्थानीय समय अनुसार सोमबार राति ११:५९ बजे ६.२ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पबाट १११ जनाको मृत्यु भएको छ भने २०० भन्दा बढी घाइते भएका बताइएको छ ।

भूकम्पबाट कान्सु प्रान्तमा १०० जनाको मृत्यु भएको बताइएको छ । यस्तै, छिङहाइ प्रान्तमा ११ जनाको ज्यान गएको सिन्ह्वाले उल्लेख गरेको छ । भूकम्पबाट निजी तथा सार्वजनिक संरचनाहरुमा क्षति पुगेको छ । भूकम्पपछि पानी तथा बिजुलीको आपूर्ति ठप्प भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?