मुस्ताङमा जम्यो ताल तथा खोलाको पानी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २७, २०७६
|
|
२९ पटक हेरिएको
Shares
मुस्ताङमा जम्यो ताल तथा खोलाको पानी

सारांश

  • ठिनी।
  • चिसो बढेसँगै मुस्ताङका खोला तथा तालमा पानी जमेको छ।
  • बुधबारदेखि मौसममा भएको बदलीसँगै बढेको चिसोका कारण जनजीवन प्रभावित भएको छ।

ठिनी। चिसो बढेसँगै मुस्ताङका खोला तथा तालमा पानी जमेको छ। बुधबारदेखि मौसममा भएको बदलीसँगै बढेको चिसोका कारण जनजीवन प्रभावित भएको छ। चिसोका कारण उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङका खोला र धारामा पानी जमेको स्थानीयवासी तिलक विकले जानकारी दिए।

उनका अनुसार उपल्लो मुस्ताङमा न्यूनतम तापक्रम माइनल १५ डिग्री सेल्सियस पुगेको छ। खाना पकाउन, गाईवस्तुलाई खुवाउन, सरसफाइ र घरायसी प्रयोजनका लागि आगो र ग्यासमा पानी तताउन थालिएको छ। पानी जमेर धारामा आउन छाडेको छ।

यसैगरी सदरमुकाम जोमसोम नजिकै घरपझोङ गाउँपालिका–५ मा रहेको धुम्बा तालमा पनि पानी जमेको छ। तालमा पानी जमेको हेर्ने पर्यटकको चहलपहल बढेको वडाध्यक्ष वीरेन्द्र थकालीले बताए।  

बिहीबार रातिदेखि हिउँ पर्न थालेको छ। स्थानीयवासी चिसोका कारण घरबाहिरको काम गर्न सकेका छैनन् । गाईवस्तु गोठमै राखेर भण्डारण गरिएको सुख्खा घाँस खुवाइएको छ। जोमसोम–कोरला सडकलगायत विकास आयोजना चिसोले प्रभावित भएका छन्। उपकरण र मजदूरले काम गर्न सकेका छैनन् । जाडो छल्न लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाका अधिकांश बासिन्दा पोखरा, काठमाडौँ, म्याग्दी, बुटवल, चितवनलगायत ठाउँमा गएका छन्।

गाउँमा घर कुरुवा राखेर स्थानीयवासी न्यानो ठाउँमा गएका छन् । उनीहरु गर्मी बढेपछि फागुनमा मात्र घर फर्कने जनाइएको छ। स्थानीय तह, वडा र सरकारी कार्यालयका कर्मचारी, जनप्रतिनिधि पनि अधिकांश पोखरा गएका छन्। लोघेकर दामोदरकुण्ड गाउँपालिकाका कर्मचारीले पोखरामा सम्पर्क कार्यालय राखेर सेवा दिएका छन्। उपल्लो मुस्ताङका विद्यालयहरु पनि पोखरामा घुम्ती कक्षा सञ्चालन गरिएको छ। 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काङ्ग्रेस मुलुकको एकमात्र प्रजातान्त्रिक समाजवादी पार्टी होः सभापति देउवा
काङ्ग्रेस मुलुकको एकमात्र प्रजातान्त्रिक समाजवादी पार्टी होः सभापति देउवा
संविधान दिवसः महानगर झिलिमिली बन्ने
संविधान दिवसः महानगर झिलिमिली बन्ने
आज ६८औं प्रजातन्त्र दिवस मनाइँदै, राष्ट्रपति र प्रधानमन्त्रीको सन्देश
आज ६८औं प्रजातन्त्र दिवस मनाइँदै, राष्ट्रपति र प्रधानमन्त्रीको सन्देश
सूचनाको हकलाई तल्लो तहसम्म पु-याउन राष्ट्रिय सम्मेलन
सूचनाको हकलाई तल्लो तहसम्म पु-याउन राष्ट्रिय सम्मेलन
नेता सिटौलाको मनोनयन दर्ता
नेता सिटौलाको मनोनयन दर्ता
शुक्रबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
शुक्रबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
अक्सिजनमा बढाइएको मूल्य फिर्ता
अक्सिजनमा बढाइएको मूल्य फिर्ता
‘कोलम्बो प्रोसेस’ले ल्यायो काठमाडौं घोषणापत्र
‘कोलम्बो प्रोसेस’ले ल्यायो काठमाडौं घोषणापत्र
बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई सुरक्षा दिन गृहमन्त्रालयको सर्कुलर
बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई सुरक्षा दिन गृहमन्त्रालयको सर्कुलर
हिन्दूराष्ट्रको पक्षमा हस्ताक्षर नगरे देउवासँग सम्बन्ध तोड्ने मल्लको चेतावनी (भिडियोसहित)
हिन्दूराष्ट्रको पक्षमा हस्ताक्षर नगरे देउवासँग सम्बन्ध तोड्ने मल्लको चेतावनी (भिडियोसहित)

तपाईंले छुटाउनुभयो कि?