नवराज सिलवालबारे मुख खोल्यो ललितपुर प्रहरीले

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ ११, २०७४
|
|
३९ पटक हेरिएको
Shares
नवराज सिलवालबारे मुख खोल्यो ललितपुर प्रहरीले

सारांश

  • ललितपुर, ११ माघ ।
  • महानगरीय प्रहरी परिसर ललितपुरले अघिल्लो साता भट्टेडाँडामा भएको सर्च प्रतिनिधिसभा सदस्य नवराज सिलवाललाई नै पक्राउ गर्नका लागि नभएको स्पष्ट पारेको छ।
  • परिसरका प्रमुख (प्रहरी वरिष्ठ उपरीक्षक) गणेशबहादुर ऐरले भट्टेडाँडामा नियमित ‘सर्च’ भएको बताए।

ललितपुर, ११ माघ । महानगरीय प्रहरी परिसर ललितपुरले अघिल्लो साता भट्टेडाँडामा भएको सर्च प्रतिनिधिसभा सदस्य नवराज सिलवाललाई नै पक्राउ गर्नका लागि नभएको स्पष्ट पारेको छ।

परिसरका प्रमुख (प्रहरी वरिष्ठ उपरीक्षक) गणेशबहादुर ऐरले भट्टेडाँडामा नियमित ‘सर्च’ भएको बताए। उनले भने, “हामीले प्रत्येक महिना नै सर्च एण्ड अपरेसन गर्दछौँ ।” फरार अभियुक्तको खोजी, त्यहाँको शान्ति सुरक्षाको अवस्था बुझ्न र नागरिकसँग प्रत्यक्ष संवादका लागि नियमित सर्च हुने गरेको उनको भनाइ छ।

भट्टेडाँडामा भएको ‘सर्च एण्ड अपरेशन’ का नेतृत्व गरेका प्रहरी नायब उपरीक्षक नकुल पोखरेलले सिलवालको मात्रै खोजी गर्न नभएर नियमित कार्यक्रम भएको प्रष्टाए ।

सिलवाललाई पक्राउ गर्नका लागि नेपाल प्रहरीको आग्रहमा इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको छ । परिसरका प्रमुख ऐरले भने ललितपुर परिसर मात्रै नभएर ७७ जिल्लामा काठमाडौँ परिसरले पत्राचार गरेको बताए ।

प्रतिक्रिया

4 कमेन्ट

    Comment Author

    Kshitiz Rana Bhat

    Morning walk garna gako bhane ne bhai halo ne ab ???

    Comment Author

    Arjun Kumar Shrestha

    sala khate jhut boochas kukur gada ko chira

    Comment Author

    Ganesh Tamang

    Thuika khate kina andholan ma police marcha baneko ta yastho khate rahecha ani

    Comment Author

    Bibash Poudel

    नबराज सिलवाल को गाउतिर त्यस्तो भयन्कर आतंककारी लुकेको रहेछकी केहो ? अनि सान्ती सुरक्षा र नियमित गस्ती हो भने सबै तिर १६५ जना को टोलि परिचालन हुनु पर्ने ? अरु क्षेत्रमा त्यसरी १६५ जना को प्रहरी को लावालस्कर गाको त थाहा छैन । जिग्यासा ।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 4
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?