सीपी गजुरेलसहित २९ जना रत्नपार्कबाट पक्राउ

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख २९, २०७५
|
|
२२ पटक हेरिएको
Shares
सीपी गजुरेलसहित २९ जना रत्नपार्कबाट पक्राउ

सारांश

  • काठमाडौं, २९ वैशाख ।
  • प्रहरी मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारीका नेता सीपी गजुरेलसहित २९ जनालाई पक्राउ गरेको छ ।
  • भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको विरोध गर्दै आएका गजुरेलसहितका २९ जनालाई नियन्त्रणमा लिईएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी मोहन थापाले जानकारी दिए ।

काठमाडौं, २९ वैशाख । प्रहरी मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारीका नेता सीपी गजुरेलसहित २९ जनालाई पक्राउ गरेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको विरोध गर्दै आएका गजुरेलसहितका २९ जनालाई नियन्त्रणमा लिईएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी मोहन थापाले जानकारी दिए ।

उनीहरुलाई शनिवार दिउँसो रत्नपार्कबाट नियन्त्रणमा लिईएको डीएसपी थापाले बताए । रत्नपार्कमा विरोध गर्ने क्रममा नियन्त्रणमा लिएका हौँ डीएसपी थापाले भने । पक्राउ पर्नेमा २४ पुरुष र ५ महिला रहेका छन्।

मोदीको स्वागतमा काठमाडौं महानगरपालिकाले गर्न लागेको अभिनन्दनविरुद्ध उनीहरुले रत्नपार्कमा विरोध सभा नै आयोजना गरेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?