फुटबल फ्यानमाथि गोली प्रहार, एक को मृत्यु

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ ५, २०७५
|
|
२७ पटक हेरिएको
Shares
फुटबल फ्यानमाथि गोली प्रहार, एक को मृत्यु

सारांश

  • विश्वकप फुटबल हेरिरहेका स्वीडिस फ्यानमाथि एक बन्दुकधारीले गोली चलाउँदा एक किशोरको मृत्यु भएको छ ।
  • स्वीडेनका माल्मोस्थित एक क्याफेमा यो घटना भएको हो ।
  • स्वीडेनले अघिल्लो दिन दक्षिण कोरियामाथि विजय हासिल गरेको खेल देखाइरहेको उक्त क्याफेमा पसेर बन्दुकधारीले कम्तिमा २० गोली चलाएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

विश्वकप फुटबल हेरिरहेका स्वीडिस फ्यानमाथि एक बन्दुकधारीले गोली चलाउँदा एक किशोरको मृत्यु भएको छ ।

स्वीडेनका माल्मोस्थित एक क्याफेमा यो घटना भएको हो ।

स्वीडेनले अघिल्लो दिन दक्षिण कोरियामाथि विजय हासिल गरेको खेल देखाइरहेको उक्त क्याफेमा पसेर बन्दुकधारीले कम्तिमा २० गोली चलाएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । प्रहरी प्रवक्ता स्टेफन सोडेरहोल्मले १८ वषिर्य किशोर घटनास्थलमै मारिएको पुष्टि गरे ।

यसरी बन्दुक चलाउनुको उद्देश्य अहिलेसम्म पत्ता नलागेको अधिकारीहरुले बताएका छन् । घाइते भएकाहरुमध्ये तीन जनाको अवस्था गम्भीर छ । प्रहरीले अहिले त्यहाँ कुनै थप खतरा नरहेको जनाएको छ । घटनास्थलमा अहिले थुप्रै आपत्कालिन सवारी साधन र प्रहरीहरुको घुईंचो छ ।

एक प्रत्यक्षदर्शीले स्थानीय समयअनुसार बेलुकी ६ः१५ मा गोली चलेको बताए । घटनास्थल प्रहरी चौकी नजिकै भएकाले प्रहरीहरु तत्काल त्यहाँ पुगेका थिए ।

स्वीडिस अधिकारीहरुले यो आतंकवादसँग सम्वन्धित घटना नभएको बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?