‘राष्ट्र र जनताका लागि प्रहरी प्रशासन’ भन्ने मान्यतासहित काम गर्नुपर्छ : मन्त्री श्रेष्ठ

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख १७, २०८०
|
|
२२ पटक हेरिएको
Shares
‘राष्ट्र र जनताका लागि प्रहरी प्रशासन’ भन्ने मान्यतासहित काम गर्नुपर्छ : मन्त्री श्रेष्ठ

सारांश

  • जनकपुरधाम ।
  • उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्र र जनताका लागि प्रहरी प्रशासन भन्ने मान्यतासहित काम गर्न सुरक्षाकर्मीहरुलाई निर्देशन दिएका छन् ।
  • आइतबार जनकपुरधाममा आयोजित सुरक्षासम्बन्धी बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै गृहमन्त्री श्रेष्ठले समाजमा अमनचयनलाई चुनौति दिने गरी हुने आपराधिक घटना नियन्त्रणका लागि दृढ सङ्कल्प र उच्च मनोबलका साथ काम गर्न निर्देशन दिएको बताए ।

जनकपुरधाम । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्र र जनताका लागि प्रहरी प्रशासन भन्ने मान्यतासहित काम गर्न सुरक्षाकर्मीहरुलाई निर्देशन दिएका छन् ।

आइतबार जनकपुरधाममा आयोजित सुरक्षासम्बन्धी बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै गृहमन्त्री श्रेष्ठले समाजमा अमनचयनलाई चुनौति दिने गरी हुने आपराधिक घटना नियन्त्रणका लागि दृढ सङ्कल्प र उच्च मनोबलका साथ काम गर्न निर्देशन दिएको बताए । उनले मधेस प्रदेशमा व्याप्त जातीय छुवाछूत, महिला हिंसा, लागुऔषध दुव्र्यशनी, अपराध नियन्त्रणमा शूल्य सहनशीलताको नीतिअनुसार काममा लाग्न सम्बद्ध पक्षलाई आग्रह गरे ।

“अनियमितता र भ्रष्टाचारलाई टाउँको उठाउन नदिन हामी सबैको सामूहिक प्रयत्न आवश्यक छ । यसका साथै समाजका उत्पीडित उपेक्षित वर्ग, समुदाय, महिला दलित, मिटरब्याज पीडितको न्यायका लागि पनि यसै बैठकबाट सङ्कल्प लिन आग्रह गरेको छु”, गृहमन्त्री श्रेष्ठले भने ।

त्यसैगरी उहाँले प्रहरी समायोजन सङ्घीयताको मर्मअनुसार अगाडि बढाइने र समायोजन नहुन्जेल प्रदेश सरकारले प्रहरीलाई निर्देशन, समन्वय र परिचालन गर्न कुनै दुविधा नरहेको समेत स्पष्ट पारे । बैठकमा गृह सचिव विनोद प्रकाश सिंह, नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुवँर, सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल, मधेस प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक जनक भट्टराई, सशस्त्र प्रहरी मधेश प्रदेश प्रमुख, अनुसन्धान विभागलगायत आठै जिल्लाका प्रमुख जिल्ला अधिकारीलगायतको उपस्थिति रहेको धनुषाका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?