विप्लव समूहमाथि लगाएको प्रतिबन्ध हटाउन सरकारलाई दबाव
सारांश
- काठमाडौं।
- सरकारले नेत्रविक्रम चन्द विप्लव समूहमाथि लगाएको प्रतिबन्धप्रति अनसन्तुष्टि जनाउँदै अस्ट्रेलिया कम्युनिस्ट पार्टी (माक्र्सवादी—लेनिनवादी) ले असन्तुष्टि जनाएको छ।
- अष्ट्रेलिया कम्युनिष्ट पार्टी (माक्र्सवादी–लेलिनवादी) ले प्रधानमन्त्री केपी ओलीको नाममा पत्र लेख्दै विप्लव समूहमाथिको प्रतिवन्ध हटाउन मा गरेका छन्।
काठमाडौं। सरकारले नेत्रविक्रम चन्द विप्लव समूहमाथि लगाएको प्रतिबन्धप्रति अनसन्तुष्टि जनाउँदै अस्ट्रेलिया कम्युनिस्ट पार्टी (माक्र्सवादी—लेनिनवादी) ले असन्तुष्टि जनाएको छ। अष्ट्रेलिया कम्युनिष्ट पार्टी (माक्र्सवादी–लेलिनवादी) ले प्रधानमन्त्री केपी ओलीको नाममा पत्र लेख्दै विप्लव समूहमाथिको प्रतिवन्ध हटाउन मा गरेका छन्।
अस्ट्रेलिया कम्युनिष्ट पार्टी (माक्र्सवादी–लेलिनवादी) का अध्यक्ष निक जीले लेखेको पत्रमा भनिएको छ, ‘हामी आदरपूर्वक अनुरोध गर्दछौं, नेत्रविक्रम चन्द विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीका क्रियाकलापमाथि लगाएको प्रतिबन्धलाई हटाइयोस्।’
सरकारले फागुन २८ गते विप्लव समूहमाथि प्रतिबन्ध लगाएको थियो। सर्वसाधकारणको ज्यान नै जाने गरी बम विस्फोटन र चन्दा मागेर त्रास सृजना गरेको सरकारले सो समूहमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको थियो।
मुलुकभित्र विप्लव समूहलाई प्रतिबन्ध लगाउँदा खासै विरोध भएको थिएन। तर अन्तर्राष्ट्रिय रुपमा विप्लव माथि लगाएको प्रतिबन्ध हटाउन माग गरिएको छ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया