सुन्दरी प्रतियोगितालाई चुनौति दिदै गाईभैसी

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ १२, २०७५
|
|
३९ पटक हेरिएको
Shares
सुन्दरी प्रतियोगितालाई चुनौति दिदै गाईभैसी

सारांश

  • केटाकेटी होस वा युवा ।
  • नेपालमा सुन्दरी प्रतियोगिता यतिसम्म बदनाम भईसक्यो कि भनेर साध्यै नै छैन ।
  • एकाध प्रतियोगिता भन्दा बाँकीले कमाउँ धन्दा मात्रै बनाएपछि सहभागी पनि पाउँन छाडेका छन् ।

केटाकेटी होस वा युवा । नेपालमा सुन्दरी प्रतियोगिता यतिसम्म बदनाम भईसक्यो कि भनेर साध्यै नै छैन । एकाध प्रतियोगिता भन्दा बाँकीले कमाउँ धन्दा मात्रै बनाएपछि सहभागी पनि पाउँन छाडेका छन् । तर, हुनेक्रम भने बन्द भएको छैन । यसमा कुनै पनि नियमन निकाय नभएका कारण मनपरी प्रतियोगी ठगिने गरेका छन् ।

सुन्दा अचम्म लाग्छ, अव मान्छेको मात्रै होइन, तराईमा भैँसी सुन्दरी प्रतियोगिताको आयोजना गरिएको छ । सुनसरी कोशी गाउँपालिकामा भर्खरै भैँसी सुन्दरी प्रतियोगिता सम्पन्न भएको छ । वीपी स्मृति कृषि मेलाको अवसर पारेर कोशी गाउँपालिकाको आयोजनामा शुक्रबार ‘भैँसी सुन्दरी प्रतियोगिता’ सम्पन्न भएको हो ।

स्थानीय समाजसेवी धर्मेन्द्र विश्वासका अनुसार प्रतियोगितामा कोशी गाउँपालिका–३ पश्चिम कुशाहाका बिन्देशर इशरको भैँसी प्रथम, बालेश्वर परसैलाको भैँसी दोस्रो र कोशी गाउँपालिका–४ का रामरत्न यादवको भैँसी तेस्रो भएको हो ।

विजेता भएका भैँसी पालक किसानलाई गाउँपालिकाले क्रमशः रु २५ हजार, १५ हजार र रु १० हजार नगद पुरस्कार दिने गाउँपालिकाका अध्यक्ष एयुव अन्सारीले बताए । प्रतियोगितामा प्रथम भएका भैँसी धनीलाई इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले भैँसी नै पुरस्कार दिने घोषणा गरे ।

प्रतियोगितामा कोशी गाउँपालिका क्षेत्रभित्रका करीब दुई सयभन्दा बढी भैँसीलाई सहभागिता गराइएको थियो । कार्यक्रमअन्तर्गत शनिबार गाई सुन्दरी प्रतियोगिता पनि गराईएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?