रासनमा अनियमितता भएको भन्दै आन्दोलन, आठ म्यादी प्रहरी घाइते

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष ३, २०७४
|
|
२७ पटक हेरिएको
Shares
रासनमा अनियमितता भएको भन्दै आन्दोलन, आठ म्यादी प्रहरी घाइते

सारांश

  • चरिकोट, ३ पुस , म्यादी प्रहरीको खाइपाई आउने रासन भत्तामा अनियमितता गरेको भन्दै दोलखामा कार्यरत म्यादी प्रहरी आन्दोलित भएका छन् ।
  • सरकारले खानामा म्यादीलाई पनि सिपाईसरह सेवा सुविधा दिने भने पनि जिल्ला प्रहरी कार्यालय दोलखाले सुरक्षामा खटिने म्यादीलाई प्रहरीको सिपाईसरह खानाको रकम नलिएर अत्यधिक महँगो गरेको र ज्यामीको कामसमेत लगाएको भन्दै उनीहरु आन्दोलित भएका हुन् ।
  • सदरमुकाम चरिकोटमा आज आन्दोलित म्यादीमाथि प्रहरीले लाठी प्रहार गर्दा आठजना म्यादी घाइते भएका छन् ।

चरिकोट, ३ पुस , म्यादी प्रहरीको खाइपाई आउने रासन भत्तामा अनियमितता गरेको भन्दै दोलखामा कार्यरत म्यादी प्रहरी आन्दोलित भएका छन् ।

सरकारले खानामा म्यादीलाई पनि सिपाईसरह सेवा सुविधा दिने भने पनि जिल्ला प्रहरी कार्यालय दोलखाले सुरक्षामा खटिने म्यादीलाई प्रहरीको सिपाईसरह खानाको रकम नलिएर अत्यधिक महँगो गरेको र ज्यामीको कामसमेत लगाएको भन्दै उनीहरु आन्दोलित भएका हुन् ।

सदरमुकाम चरिकोटमा आज आन्दोलित म्यादीमाथि प्रहरीले लाठी प्रहार गर्दा आठजना म्यादी घाइते भएका छन् । त्यस क्रममा म्यादी प्रहरी संगीता नेपाली गम्भीर घाइते भएको म्यादी प्रहरी राजन बस्नेतले बताउनुभयो । अन्य सातजनाको अवस्था सामान्य रहेको प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटले जनाएको छ ।

घाइते संगीतालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । म्यादीका अनुसार जिल्ला प्रहरी कार्यालयले आफूहरुको पारिश्रमिकबाट खाना खर्चको नाममा मनलाग्दी पैसा काटिदिएको छ ।

खाना खुवाएवापत प्रहरी जवानबाट प्रतिछाक रु ६० काटे पनि जिप्रकाले म्यादीबाट भने रु ९५ प्रतिछाक पैसा काटिदिएपछि आन्दोलनमा उत्रनु परेको म्यादी प्रहरी नेत्रकुमारी घतानीले बताउनुभयो । त्यसैगरी, महिला म्यादीमाथि दुव्र्यवहार गरिएको गुनासो पनि उनीहरुले गरेका छन् ।

जिप्रकाले सुरक्षामा खटाउन छाडेर पुरुष म्यादीलाई पर्खाल लगाउनेसहितका ज्यामी काम लगाएको समेत उनीहरुको आरोप छ । आफूहरु अन्यायमा परेको भन्दै दोलखामा कार्यरत करिब ७५५ जना म्यादीले बर्दीको कपडा नै लगाएर सडकमा उत्रेका छन् । हाल जिल्ला प्रहरी कार्यालय दोलखाको कार्यकक्षमा म्यादी प्रहरीका १० जना प्रतिनिधि र प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीबीच वार्ता चलिरहेको छ ।

वार्ता निष्कर्षमा पुग्न सकेको छैन । प्रनाउ कार्कीले वार्ताबाट समस्या समाधान गर्ने बताउँदै जथाभावी आन्दोलन नगर्न म्यादीलाई आग्रह गरेका छन् ।

(www.saasgenius.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ध्रुवेको अनौठो प्रेम, पाँच वर्षपछि यसरी आयो! चितवन निकुञ्जमा तनाव
ध्रुवेको अनौठो प्रेम, पाँच वर्षपछि यसरी आयो! चितवन निकुञ्जमा तनाव
सुजीताले डा. केसीलाई भनिन्, कांग्रेसले रोपेको विषवृक्षमा अमृत कसरी फल्छ ?
सुजीताले डा. केसीलाई भनिन्, कांग्रेसले रोपेको विषवृक्षमा अमृत कसरी फल्छ ?
नेविसंघको नयाँ नारा, “माफियाविरुद्ध नबोलौं अरिङ्गालले टोक्ला”
नेविसंघको नयाँ नारा, “माफियाविरुद्ध नबोलौं अरिङ्गालले टोक्ला”
जनवरी २० मा हुने राष्ट्रपतिको पद हस्तान्तरण कार्यक्रममा ट्रम्प सहभागी नहुने संभावना
जनवरी २० मा हुने राष्ट्रपतिको पद हस्तान्तरण कार्यक्रममा ट्रम्प सहभागी नहुने संभावना
यी हुन समयमै काम नसक्ने ठेकेदार कम्पनीहरु नामावली सहित, काम नगर्नेलाई कार्वाही गर्लान् गृहमन्त्रीले!
यी हुन समयमै काम नसक्ने ठेकेदार कम्पनीहरु नामावली सहित, काम नगर्नेलाई कार्वाही गर्लान् गृहमन्त्रीले!
नेपालद्वारा मलेशिया पराजित
नेपालद्वारा मलेशिया पराजित
सन्तुलित छिमेक सम्बन्धको सुरुवात गरें : ओली
सन्तुलित छिमेक सम्बन्धको सुरुवात गरें : ओली
पुँजीगत खर्च वृद्धि नभएकामा सर्वत्र चिन्ता र चासो
लोगो विश्वविद्यालयको अध्यापन निजीको
लोगो विश्वविद्यालयको अध्यापन निजीको
माइतीघरमा प्रहरी हस्तक्षेप भएको भन्दै कांग्रेसद्वारा संसद अवरुद्ध
माइतीघरमा प्रहरी हस्तक्षेप भएको भन्दै कांग्रेसद्वारा संसद अवरुद्ध

तपाईंले छुटाउनुभयो कि?