छिटो तौल घटाउन चाहनुहुन्छ? खानुहोस् उसिनेको अण्डा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक १०, २०७४
|
|
४१ पटक हेरिएको
Shares
छिटो तौल घटाउन चाहनुहुन्छ? खानुहोस् उसिनेको अण्डा

सारांश

  • अण्डा खाँदा तपाईंलाई अनगिन्ती स्वास्थ्य लाभ हुन्छ ।
  • प्रोटिनले भरपुर अण्डाले तपाईंलाई लामो समयसम्म तृप्त राख्छ ।
  • तर के तपाईंलाई थाहा छ, उसिनेको अण्डा खाएर पनि तपाईं केही हदसम्म आफ्नो तौल कम गर्न सक्नुहुन्छ ।

अण्डा खाँदा तपाईंलाई अनगिन्ती स्वास्थ्य लाभ हुन्छ । प्रोटिनले भरपुर अण्डाले तपाईंलाई लामो समयसम्म तृप्त राख्छ । तर के तपाईंलाई थाहा छ, उसिनेको अण्डा खाएर पनि तपाईं केही हदसम्म आफ्नो तौल कम गर्न सक्नुहुन्छ ।

कम क्यालोरीः

यसमा सबै आवश्यक पोषक तत्व हुन्छन् । एउटा उमालेको अण्डामा केवल ७० क्यालोरी हुन्छ । यदि तपाईं दैनिक २ देखि तीनवटा अण्डा खानुहुन्छ भने तपाईं केवल २ सय क्यालोरी मात्र सेवन गरिरहनुभएको छ । क्यालोरी कम खानु पनि तौल कम गर्ने सबैभन्दा पहिलो कदम हो ।

प्रोटिन अत्यधिकः

अण्डा प्रोटिनको उत्कृष्ट स्रोत हो । एउटा अण्डामा लगभग ६ ग्राम प्रोटिन हुन्छ जसले दैनिक आवश्यक पर्ने प्रोटिनको १२ प्रतिशत पूरा गर्ने गर्दछ । यदि तपाईं तौल कम गर्न चाहनुहुन्छ भने अण्डा तपाईंको राम्रो विकल्प हो ।

थुप्रै अध्ययनमा यो कुराको पुष्टि गरिएको छ कि तौल घटाउनका लागि हाई प्रोटिन र कम कार्बोहाइड्रेट खानाको आवश्यक पर्छ । अर्को एक अध्ययनमा बताइए अनुसार हाई प्रोटिन डाइटले तौल घटाउनमा निकै प्रभावकारी भूमिका निर्वाह गरेको हुन्छ ।

तपाईंलाई भोक लाग्न दिँदैनः

अण्डामा प्रोटिनका साथै फाइबर र पानी हुन्छ जसका कारण यसले धेरै बेरसम्म पेट टन्न बनाइराख्छ । अध्ययनले पनि यो कुराको दाबी गरेको छ कि अण्डा पेट टन्न बनाउनका लागि राम्रो नाश्ता हो । यसले तपाईंलाई नाश्ताको अन्य खानेकुराको तुलनामा ५० प्रतिशत बढि टन्न बनाउँछ । यदि तपाईंको पेट टन्न छ भने तपाईं जे पायो त्यही खानेकुरा खानबाट बच्नुहुनेछ जसका कारण तपाईंको तौल बढ्दैन ।

मेटाबोलिजम बढाउँछः

अण्डाले मेटाबोलिजम बढाउँछ । तौल घटाउनका लागि क्यालोरी बर्न गर्नका लागि मेटाबोलिजमको दर वा शरिरको क्षमता अत्यधिक हुनुपर्छ । प्रोटिनले मेटाबोलिजम बढाउने कुराको दाबी थुप्रै अध्ययनले गर्दछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पछिल्लो सात महिनाको आर्थिक विश्लेषण:हिमालमा घट्दा तराईमा मूल्यवृद्धि
पछिल्लो सात महिनाको आर्थिक विश्लेषण:हिमालमा घट्दा तराईमा मूल्यवृद्धि
तीन महिनाभित्र आइसियु सेवा दिन आग्रह
तीन महिनाभित्र आइसियु सेवा दिन आग्रह
भारतीय पूर्व विदेश सचिवको चेतावनीः सीमा विवादलाई राजनीतिकरण गरे नेपालका राजनीतिक दललाई खतरा
भारतीय पूर्व विदेश सचिवको चेतावनीः सीमा विवादलाई राजनीतिकरण गरे नेपालका राजनीतिक दललाई खतरा
एसिया कप छनाेटः नेपाललाई तेस्राे सफलता, सन्दिपले दिलाए नेपाललाई तेस्राे विकेट
एसिया कप छनाेटः नेपाललाई तेस्राे सफलता, सन्दिपले दिलाए नेपाललाई तेस्राे विकेट
राज्यमन्त्री र  धुर्मुसले सफा गरे विरअस्पतालको ट्वाइलेट
राज्यमन्त्री र धुर्मुसले सफा गरे विरअस्पतालको ट्वाइलेट
मंगलबार नेप्से परिसूचक सामान्य गिरावट
मंगलबार नेप्से परिसूचक सामान्य गिरावट
संविधान कार्यान्वयनमा जोड
संविधान कार्यान्वयनमा जोड
राष्ट्रियसभाको गठन नभईकन प्रधानमन्त्रीले राजिनामा दिनुहुन्न : साउद
राष्ट्रियसभाको गठन नभईकन प्रधानमन्त्रीले राजिनामा दिनुहुन्न : साउद
सरकारले ११७ वर्षे बाटुलीलाई मासिक १० हजार तलब दिने
सरकारले ११७ वर्षे बाटुलीलाई मासिक १० हजार तलब दिने
विजयोत्सव मनाउन नवनिर्वाचित अध्यक्षले दिए पालिकाभरि सार्वजनिक बिदा
विजयोत्सव मनाउन नवनिर्वाचित अध्यक्षले दिए पालिकाभरि सार्वजनिक बिदा