रास्वपा सचिवालय बैठकः आयोग र विभागमा मनोनयन

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष १२, २०८१
|
|
६० पटक हेरिएको
Shares
रास्वपा सचिवालय बैठकः आयोग र विभागमा मनोनयन

सारांश

  • काठमाडौं।
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठकले केन्द्रीय अनुशासन आयोग र केन्द्रीय संगठन विभागमा सदस्यहरु मनोनयन गरेको छ।
  • कार्यवाहक सभापति डोलप्रसाद अर्यालको अध्यक्षतामा बसेको बैठकले केन्द्रीय अनुशासन आयोगको सदस्यमा अधिवक्ताद्वय कमल प्रसाद पोखरेल (नवलपरासी) र हरिचन्द्र भट्टराई (ताप्लेजुङ) लाई मनोनयन गरेको हो।

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठकले केन्द्रीय अनुशासन आयोग र केन्द्रीय संगठन विभागमा सदस्यहरु मनोनयन गरेको छ। कार्यवाहक सभापति डोलप्रसाद अर्यालको अध्यक्षतामा बसेको बैठकले केन्द्रीय अनुशासन आयोगको सदस्यमा अधिवक्ताद्वय कमल प्रसाद पोखरेल (नवलपरासी) र हरिचन्द्र भट्टराई (ताप्लेजुङ) लाई मनोनयन गरेको हो।

त्यस्तै, केन्द्रीय संगठन विभागको सदस्यमा धर्म केसी (लम्जुङ), गोपाल घिमिरे (रुपन्देही) र डा.विमल तिवारी (सिराह) लाई मनोनयन गरिएको छ।

बैठकमा कार्यवाहक सभापति अर्याल र उपसभापति डा. स्वर्णिम वाग्लेले समसामयिक राजनीतिक परिस्थितिकाबारे समीक्षा प्रस्तुत गरेका थिए। सो अवसरमा कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीबाट ६० जिल्लामा जिल्ला भेला सम्पन्न भएको विवरण पेश गरिएको थियो। रास्वपा केन्द्रीय समितिको विस्तारित बैठक आगामी पुस १९, २० र २१ गते बस्ने निर्णयसमेत भएको छ।

अर्यालले कार्यवाहकको जिम्मेवारी पाएपछि रास्वपाको यो पहिलो बैठक हो। यस बैठकलाई विशेष रुपमा हेरिएको थियो।

यस्ता छन् रास्वापा बैठकका निर्णय

१. बैठकमा पार्टी कार्यवाहक सभापति डोल प्रसाद अर्याल र उपसभापति डा. स्वर्णिम वाग्लेले समसामयिक राजनीतिक परिस्थितिकाबारे समीक्षा प्रस्तुत गर्नुभयो। सो अवसरमा कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीबाट पार्टीको कूल ६० जिल्लामा जिल्ला भेला सम्पन्न भएको विवरण पेश गरियो।

२. केन्द्रीय विभाग तथा आयोगमा देहाय सदस्यहरु मनोनयन गर्ने निर्णय गरियो। (क) केन्द्रीय अनुशासन आयोग
अधिवक्ता श्री कमल प्रसाद पोखरेल, नवलपरासी
अधिवक्ता श्री हरिचन्द्र भट्टराई, ताप्लेजुङ
-ख) केन्द्रीय संगठन विभाग
श्री धर्म के.सी.,
लम्जुङ
श्री गोपाल घिमिरे, रुपन्देही
डा. विमल तिवारी, सिराह

३. पार्टीको केन्द्रीय समितिको विस्तारित बैठक आगामी पौष १९, २० र २१ गते बस्ने निर्णय गरियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

झुक्काउलान है नक्कली डिएसपीले !
झुक्काउलान है नक्कली डिएसपीले !
हेर्नुहोस् आमा र बुबा पछि छोरासँग प्रतिस्पर्धा: सिरहामा रोचक बन्दैछ चुनाव
हेर्नुहोस् आमा र बुबा पछि छोरासँग प्रतिस्पर्धा: सिरहामा रोचक बन्दैछ चुनाव
उपसभापतिमा निधीकाे पासा पल्टिने सम्भावना, यि हुन् कांग्रेसमा पदाधिकारी बन्ने भाग्यमानीहरु
उपसभापतिमा निधीकाे पासा पल्टिने सम्भावना, यि हुन् कांग्रेसमा पदाधिकारी बन्ने भाग्यमानीहरु
कोरोना संक्रमित डाक्टरकै परिवार अपहेलित, स्वाब संकलन गर्दा नाम ढाँटे
कोरोना संक्रमित डाक्टरकै परिवार अपहेलित, स्वाब संकलन गर्दा नाम ढाँटे
असार १६ गतेको राशीफल यस्तो छ
लकडाउनकै समय खरबुजा फलाएर झापाको यो टोलले कमायो रु ५० लाख
लकडाउनकै समय खरबुजा फलाएर झापाको यो टोलले कमायो रु ५० लाख
मनकामना हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन
मनकामना हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन
टर्कीमा भूकम्प गएको ११ दिनपछि एक किशोरसहित तीनजनाको जीवितै उद्धार
टर्कीमा भूकम्प गएको ११ दिनपछि एक किशोरसहित तीनजनाको जीवितै उद्धार
एसिया कप क्रिकेट : नेपाल र भारतबीचको खेल वर्षाका कारण अवरुद्ध
एसिया कप क्रिकेट : नेपाल र भारतबीचको खेल वर्षाका कारण अवरुद्ध
प्रत्येक तहमा मैथिली शिक्षा लागू हुन्छ: मन्त्री पोखरेल
प्रत्येक तहमा मैथिली शिक्षा लागू हुन्छ: मन्त्री पोखरेल