सकसमा एमाले

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण ७, २०८०
|
|
२५ पटक हेरिएको
Shares
सकसमा एमाले

सारांश

  • काठमाडौं।
  • नेपालका मूलधारका भनिएका राजनीतिक दल यतिबेला आन्तरिक मन्थन वा अझ भनौं हडबडी र गडबडीबाट गुज्रिरहेका छन् ।
  • नेपाली कांग्रेस बहुप्रतिष्ठित केन्द्रीय समितिको बैठकमा व्यस्त छ भने अर्को सत्तारूढ दल नेकपा माओवादी केन्द्र पनि एक प्रकारको सुषुप्त प्रसव पीडामा छ ।

काठमाडौं। नेपालका मूलधारका भनिएका राजनीतिक दल यतिबेला आन्तरिक मन्थन वा अझ भनौं हडबडी र गडबडीबाट गुज्रिरहेका छन् ।

नेपाली कांग्रेस बहुप्रतिष्ठित केन्द्रीय समितिको बैठकमा व्यस्त छ भने अर्को सत्तारूढ दल नेकपा माओवादी केन्द्र पनि एक प्रकारको सुषुप्त प्रसव पीडामा छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेमा त सकसपूर्ण तनाव नै रहेको देखिन्छ ।

नेकपा एमालेमा सदस्यता नवीकरण गर्नेको संख्या ५० प्रतिशतको हाराहारीमा मात्र रहेको देखिँदा तनाव हुनु स्वाभाविक नै हो । नेकपा एमालेलाई आफूप्रति आकर्षण सर्लक्कै घटेको तथ्य सार्वजनिक रूपमा स्विकार्न मुस्किल परेको छ ।

व्यक्ति केन्द्रित र त्यसमा पनि कुनै खास एक जना व्यक्तिबाहेक अरू कसैको कुनै महत्व नै नभएको समूहमा आबद्ध भइरहनुको कुनै तुक नभएको हुँदा पार्टी कार्यकर्तामा विकर्षण पैदा भएको छ भन्ने तथ्य सार्वजनिक रूपमा स्विकार्न विशेष व्यक्तिको गुणगानबाट नै मात्र जो कसैको अस्तित्व कायम हुने वा व्यक्तित्व विकास हुने समूहलाई गाह्रो पर्ने ने भयो । मुर्दामाथि कात्रो भने झैं पार्टी पंक्तिमाथि लागेको अनगिन्ती भ्रष्टाचारको आरोपका कारण कतिपय कार्यकर्ता बिच्किएका छन् ।

ठुलो संख्यामा कार्यकर्ताको विदेश पलायन अर्को पाटो हो । तत्कालको लाभको हरहिसाब गरेर कुनै व्यक्तित्वको आकर्षणका कारण नौला जमातमा मिस्सिनेको संख्या पनि ठुलै छ । त्यसो त एमाले अध्यक्ष केपी ओली आफ्नो वाक् चातुर्यको प्रयोग गर्दै भन्छन्, ‘नेकपा बन्दा माओवादीले मतदाता नामावलीबाट सर्लक्क सारेर चिन्दै नचिनेका मानिसलाई पानाका पाना सदस्य भनी देखाइदिएका कारण अहिले नवीकरण गर्नेको संख्या ह्वात्तै घटेको हो ।’

एमालेमा समस्याको मूल जड नै यही हो । ओलीले भनिसकेपछि सकियो । कुनै पनि विषयमा ओलीको निक्र्यौल वा बोली भन्दा एक इन्च पनि अगाडि पछाडि जाने छुट कसैलाई पनि छैन । हाल चलिरहेको विभिन्न भ्रष्टाचारको कारबाहीका सम्बन्धमा ओली भन्छ्न्, ‘ज्ञानेन्द्रको शासनकालमा शाही आयोग बनाएर देउवालाई भ्रष्टाचारको अभियोग लगाएर थुनियो । के त्यो भ्रष्टाचारविरुद्धको कारबाही थियो त ?’

अप्रत्यक्ष रूपमा उनी हाल चलिरहेको भ्रष्टाचारविरुद्धको कारबाहीलाई पनि राजनीतिक प्रतिशोध हो कि भन्ने शंका व्यक्त गर्दछन् । बडो मुस्किलले पुरानै घिसिपिटी संवाद बोल्छन्, ‘कुनै दोषी नछुटून् तर कुनै निर्दोष नफसून् ।’

अहिले भ्रष्टाचारविरुद्ध भइरहेको कारबाहीको समर्थन गर्न उनलाई गाह्रो छ र त्यसैकारण बडो चलाखीपूर्ण ढंगले उहिले ज्ञानेन्द्रले शाही आयोग बनाएर शेरबहादुर देउवालाई थुनेको घटना सम्झाउँछन् । अनि, एक क्विन्टल सुन तस्करीमा चाहिँ झटपट जुलुस निस्किन्छ । यती काण्ड जस्ता फाइल खोलियो भने आफू सिधै नभए पनि आफ्ना निकटतम माथि झुन्डिन सक्ने तरबारको त्रासले उत्तिकै सताएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाली चलचित्रमा सन्नी लियोनी !
नेपाली चलचित्रमा सन्नी लियोनी !
श्रीमती गिन्नीसँग स्टेजमा उभिएका बेला कपिल शर्माको गालामा अरुले नै किस गरेपछि…
श्रीमती गिन्नीसँग स्टेजमा उभिएका बेला कपिल शर्माको गालामा अरुले नै किस गरेपछि…
नेकपामा सहमति खोज्न अघोषित कार्यदल गठन, गृहकार्य सुरु
नेकपामा सहमति खोज्न अघोषित कार्यदल गठन, गृहकार्य सुरु
कपाल झरेर परिशान हुनुभएको छ भने खानुहोस् यी खानेकुराहरु
कपाल झरेर परिशान हुनुभएको छ भने खानुहोस् यी खानेकुराहरु
डोटीको प्रदेशसभा ‘क’ मा काँग्रेसका भरत खड्का विजयी
डोटीको प्रदेशसभा ‘क’ मा काँग्रेसका भरत खड्का विजयी
सामाजिक सुरक्षा वितरण र नागरिकता किर्ते गरेको आरोपमा वडा अध्यक्ष कारागार चलान
सामाजिक सुरक्षा वितरण र नागरिकता किर्ते गरेको आरोपमा वडा अध्यक्ष कारागार चलान
कोदो, फापर, जौँ लगायतका रैथाने बाली लोप हुने अवस्थामा
कोदो, फापर, जौँ लगायतका रैथाने बाली लोप हुने अवस्थामा
पाँच महिनामा चार लाखभन्दा बढी विदेशी पर्यटक भित्रिए
पाँच महिनामा चार लाखभन्दा बढी विदेशी पर्यटक भित्रिए
यी हुन समयमै काम नसक्ने ठेकेदार कम्पनीहरु नामावली सहित, काम नगर्नेलाई कार्वाही गर्लान् गृहमन्त्रीले!
यी हुन समयमै काम नसक्ने ठेकेदार कम्पनीहरु नामावली सहित, काम नगर्नेलाई कार्वाही गर्लान् गृहमन्त्रीले!
हटेन लैङ्गिक विभेद
हटेन लैङ्गिक विभेद

तपाईंले छुटाउनुभयो कि?