सामाजिक सञ्जाल नियन्त्रण गर्न बन्यो यस्तो कानुन, धेरै अनलाइन बन्द हुने आशंका

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र १७, २०७५
|
|
३६ पटक हेरिएको
Shares
सामाजिक सञ्जाल नियन्त्रण गर्न बन्यो यस्तो कानुन, धेरै अनलाइन बन्द हुने आशंका

सारांश

  • कायरो, १७ भदाै।
  •  इजिप्टका राष्ट्रपति अब्देल फताह अल–सीसीले सामाजिक सञ्जाललाई नियन्त्रण गर्ने कानुनलाई अनुमोदन गरेका छन् ।
  • नयाँ कानुनमा सरकारी अधिकारीहरुलाई सामाजिक सञ्जाल प्रयोगकर्ताहरुको निगरानी गर्न अधिकार दिइएको छ ।

कायरो, १७ भदाै। इजिप्टका राष्ट्रपति अब्देल फताह अल–सीसीले सामाजिक सञ्जाललाई नियन्त्रण गर्ने कानुनलाई अनुमोदन गरेका छन् । नयाँ कानुनमा सरकारी अधिकारीहरुलाई सामाजिक सञ्जाल प्रयोगकर्ताहरुको निगरानी गर्न अधिकार दिइएको छ ।

संसदबाट गत जुलाईमा पारित भएको कानुनमा “सञ्चार माध्यम नियमनका लागि सर्वोच्च परिषद्”लाई कामको जिम्मेवारी दिइएको छ ।

सामाजिक सञ्जाल, व्यक्तिगत ब्लग, वेभसाईटलगायतमा ५,००० भन्दा बढी फलोअर भएका व्यक्तिको अनुगमन गरिने कानुनमा व्यवस्था छ ।

“गलत समाचार प्रकाशन वा प्रशारण गरेमा वा कानुनको उल्लङ्घन गरी हिंसा वा द्वेष फैल्याउन सूचना प्रवाह गरेमा” व्यक्तिगत एकाउन्ट निलम्बन वा बन्द गर्ने अख्तियारी परिषदलाई दिइएको छ ।

सञ्चार सम्बन्धी विज्ञ तथा अधिकारकर्मीहरुले भने यस कानुनले राष्ट्रपतिको शासनका बारेमा अनलाइनमार्फत आलोचना गर्न पाउने हरेक व्यक्तिको वाकस्वतन्त्रतामा धावा बोल्ने वा व्यवधान उत्पन्न गर्ने टिप्पणी गरेका छन् ।

सीसीले जारी गरेको कानुनसँगै इन्टरनेटको प्रयोग र यसको व्यवस्थापनका बारेमा सार्वजनिक रुपमा थप बहस हुन थालेको छ । सिलसिलाबद्ध रुपमा यस्ता नियन्त्रणमुखी कानुनहरु आइरहेको विज्ञ तथा अधिकारकर्मीहरुको भनाइ छ ।यही अगस्तमा राष्ट्रपति सीसीले यस्तै अर्को कानुन पनि जारी गर्नु भएको थियो । सो कानुनमा इजिप्टको राष्ट्रिय सुरक्षा र अर्थतन्त्रलाई असर गरेमा अदालतले वेभसाइट बन्द गर्न आदेश दिन सक्ने व्यवस्था थियो ।

अधिकारप्राप्त व्यक्ति तथा प्रशासकहरुले वेभसाइट तथा सामाजिक सञ्जालहरुको गलत प्रयोग गर्नेलाई कारावास सजाय तथा दण्ड जरीवाना गर्न सक्ने जनाइएको छ । इजिप्टमा अहिले ५०० भन्दा बढी वेभसाइटहरु बन्द गरिएको छ भने नयाँ कानुन आएपछि अरु पनि धेरै अनलाइन, वेभसाइट तथा व्यक्तिगत ब्लगहरु बन्द हुने आशंका गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ग्राण्डीमा ठगीधन्दा प्रकरण : हेलिकोप्टर नउडाएरै झण्डै २ लाख झ्वाम
ग्राण्डीमा ठगीधन्दा प्रकरण : हेलिकोप्टर नउडाएरै झण्डै २ लाख झ्वाम
कारका शौखिन अभिताभ बच्चनसँग छन् यस्ता ११ वटा कार
कारका शौखिन अभिताभ बच्चनसँग छन् यस्ता ११ वटा कार
संघिय सरकारलाइ प्रदेश सरकारकाे यस्ताे अाराेप
संघिय सरकारलाइ प्रदेश सरकारकाे यस्ताे अाराेप
रवि लामिछानेका नीजि चालकलाई थप उपचारका लागि काठमाडौं ल्याइयो
रवि लामिछानेका नीजि चालकलाई थप उपचारका लागि काठमाडौं ल्याइयो
यस्ता छन् प्रधानमन्त्री देउवाको भारत भ्रमणको बेला हुन लागेका सम्झौता
यस्ता छन् प्रधानमन्त्री देउवाको भारत भ्रमणको बेला हुन लागेका सम्झौता
एयरलाइन्स मेन्टिनेन्सका कर्मचारी ३० तोला सुन सहित पक्राउ
एयरलाइन्स मेन्टिनेन्सका कर्मचारी ३० तोला सुन सहित पक्राउ
न्यायिक समितिमा विवाद हुँदा संयोजक जिम्मेवारी प्रमुखलाई
न्यायिक समितिमा विवाद हुँदा संयोजक जिम्मेवारी प्रमुखलाई
उपराष्ट्रपति पुनद्वारा सर्वश्री आनी भिमसुवा गुरुङ सम्मानित
उपराष्ट्रपति पुनद्वारा सर्वश्री आनी भिमसुवा गुरुङ सम्मानित
मोटरसाइकल दुर्घटनामा मृत्यु
मोटरसाइकल दुर्घटनामा मृत्यु
आजदेखि काठमाडौंलाई ट्रान्जिट बनाएर भैरहवाबाट हङकङ र दिल्ली उडान
आजदेखि काठमाडौंलाई ट्रान्जिट बनाएर भैरहवाबाट हङकङ र दिल्ली उडान