रिगलको आममाफीमा राष्ट्रपतिको निर्णयको सक्कल मिसिल झिकाउन सर्वोच्चकाे आदेश

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन १९, २०८०
|
|
२५ पटक हेरिएको
Shares
रिगलको आममाफीमा राष्ट्रपतिको निर्णयको सक्कल मिसिल झिकाउन सर्वोच्चकाे आदेश

सारांश

  • काठमाडौं ।
  • सर्वोच्च अदालतले योगराज ढकाल (रिगल) को कैद मिनाहा गरी आममाफी दिने निर्णयको सक्कल मिसिल यही असोज २४ गतेभित्र झिकाउन आदेश गरेको छ ।
  • न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले आज उक्त आदेश गरेको हो ।

काठमाडौं । सर्वोच्च अदालतले योगराज ढकाल (रिगल) को कैद मिनाहा गरी आममाफी दिने निर्णयको सक्कल मिसिल यही असोज २४ गतेभित्र झिकाउन आदेश गरेको छ ।

न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले आज उक्त आदेश गरेको हो । आदेशमा भनिएको छ, “रिगल ढकालको हकमा मिति २०८०/६/३ मा राष्ट्रपतिद्वारा माफी मिनाहा सम्बन्धमा भएको निर्णयसहितको सम्पूर्ण मिसिल जो जुन निकायमा रहेको छ, सो निकायबाट महान्यायाधिवक्ता कार्यालयमार्फत मिति २०८०/०६/२४ भित्र झिकाउनू ।”

रिगल विवादलाई छिटो–छरितो रूपमा निरुपण गर्नुपर्ने देखिएकाले पूर्ण सुनुवाइका लागि यही असोज २५ गते पेशी तोकी अग्राधिकार दिई सुनुवाइको व्यवस्था गर्ने र आकस्मिकरूपमा बिदा परेमा त्यसको भोलिपल्ट सुनुवाइको व्यवस्था गर्न आदेशमा भनिएको छ ।

अदालतले कानुनी प्रश्नको जटिलता र महत्वको विचार गर्दा पूर्ण इजलासमा पेस गर्नका लागि उपयुक्त देखिएकाले अर्को सुनुवाइका लागि पूर्ण इजलासमा पेशी व्यवस्थापन गर्नसमेत आदेशमा भनिएको छ ।

संविधान दिवसका अवसरमा यही असोज ३ मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट रिगलको कैद मिनाहा भएको थियो । रिगलले हत्या गरेका चेतन मानन्धरकी पत्नी भारती शेर्पाले उक्त निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेकी थिइन् । उक्त रिटमा आज प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले सबै मिसिल झिकाउन आदेश दिएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मन्त्री शर्माले भनिन् : सरकारले जनअपेक्षाअनुसार काम गरिरहेको छ
मन्त्री शर्माले भनिन् : सरकारले जनअपेक्षाअनुसार काम गरिरहेको छ
विदेशबाट आयात हुने विषादीयुक्त तरकारी र खाद्य पदार्थमा रोक
विदेशबाट आयात हुने विषादीयुक्त तरकारी र खाद्य पदार्थमा रोक
नेपाल कम्युनिष्ट पार्टी रुकुमका सेक्रेटरी सहित २५ जना नेता कार्यकर्ता पक्राउ !
नेपाल कम्युनिष्ट पार्टी रुकुमका सेक्रेटरी सहित २५ जना नेता कार्यकर्ता पक्राउ !
प्रधानमन्त्री र अध्यक्ष नेपालबीच भेटवार्ता, के भयो कुराकानी ?
प्रधानमन्त्री र अध्यक्ष नेपालबीच भेटवार्ता, के भयो कुराकानी ?
क्याम्पसलाई १६ लाख मूल्यको पुस्तक हस्तान्तरण
क्याम्पसलाई १६ लाख मूल्यको पुस्तक हस्तान्तरण
गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिनुहुने
गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिनुहुने
बैशाख ३ गते शुक्रवारको राशिफल यस्तो छ
बैशाख ३ गते शुक्रवारको राशिफल यस्तो छ
पपुवा न्यूगिनीलाई हराउँदा करण केसीको बन्यो कीर्तिमान
पपुवा न्यूगिनीलाई हराउँदा करण केसीको बन्यो कीर्तिमान
गीतकार भावेशले किन भावुक हुँदै भने, “तिमी छैनौ र मलाई…” (भिडियोसहित)
गीतकार भावेशले किन भावुक हुँदै भने, “तिमी छैनौ र मलाई…” (भिडियोसहित)
चालू आर्थिक वर्षमा अवैध हातहतियारसहित २४२ पक्राउ
चालू आर्थिक वर्षमा अवैध हातहतियारसहित २४२ पक्राउ

तपाईंले छुटाउनुभयो कि?