एकै महिनामा करिब दुई हजार दुई सय जनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ १६, २०७४
|
|
२६ पटक हेरिएको
Shares
एकै महिनामा करिब दुई हजार दुई सय जनाको मृत्यु

सारांश

  • बेईजिङ, माघ १६ ।
  •   चीनमा सन् २०१७ को डिसेम्बर महिनामा मात्रै सरुवा रोगका कारण करिब दुई हजार २०० जनाको मृत्यु भएको छ ।
  • राष्ट्रिय स्वास्थ्य र परिवार नियोजन आयोगले दिएको जानकारी अनुसार मुख्य ठाँउहरूमा डिसेम्बरमा मात्रै सरुवा रोगबाट छ लाख ९९ हजार ८५० जना प्रभावित भएका थिए ।

बेईजिङ, माघ १६ ।  चीनमा सन् २०१७ को डिसेम्बर महिनामा मात्रै सरुवा रोगका कारण करिब दुई हजार २०० जनाको मृत्यु भएको छ ।

राष्ट्रिय स्वास्थ्य र परिवार नियोजन आयोगले दिएको जानकारी अनुसार मुख्य ठाँउहरूमा डिसेम्बरमा मात्रै सरुवा रोगबाट छ लाख ९९ हजार ८५० जना प्रभावित भएका थिए ।

हैजा लगायत विभिन्न किसिमका महामारीलाई चीनमा ‘ए’ वर्गको सरुवा रोगको रूपमा वर्गीकरण गरिएको छ । प्रभावितमध्ये दुई लाख ९४ हजार ३९७ जनालाई लागेको रोगलाई ‘बी’ वर्गमा वर्गीकरण गरिएको थियो । त्यसमध्ये दुई हजार १८७ जनाको मृत्यु भएको छ ।

विरामीमध्ये भाइरल हेपाटाइटिस, क्षयरोग, उच्च ज्वरो, यौनरोग लगायतका समस्या ९३ प्रतिशत विरामीमा देखिएको थियो ।

‘सी’ वर्गमा राखिएका रोगहरूका कारण उक्त अवधिमा १० जनाको मात्रै मृत्यु भएको छ । यस अन्तर्गत झाडापखाला, ‘इन्फ्ल्युन्जा’, खुट्टा र मुखमा हुने विभिन्न रोगहरू रहेको अधिकारीले जनाएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?