सात नम्बर प्रदेशमा कुन दलका को को उम्मेदवार?

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक १४, २०७४
|
|
३६ पटक हेरिएको
Shares
सात नम्बर प्रदेशमा कुन दलका को को उम्मेदवार?

सारांश

  • दोस्रो चरणको चुनावका लागि राजनीतिक दलहरुले उम्मेदवार छनोटलाई तीव्र पारेका छन् ।
  • विभिन्न राजनीतिकहरुले प्रदेश नम्बर सातका लागि उम्मेदवार छनोट कार्य अन्तिम चरणमा पुर्‍याएका छन्।
  • दोस्रो चरणमा सात नम्बर प्रदेशको पाँच जिल्ला चुनाव हुने छ।

दोस्रो चरणको चुनावका लागि राजनीतिक दलहरुले उम्मेदवार छनोटलाई तीव्र पारेका छन् । विभिन्न राजनीतिकहरुले प्रदेश नम्बर सातका लागि उम्मेदवार छनोट कार्य अन्तिम चरणमा पुर्‍याएका छन्। दोस्रो चरणमा सात नम्बर प्रदेशको पाँच जिल्ला चुनाव हुने छ। कैलाली, कंचनपुर, डडेल्धुरा, डोटी, अछामका गरि प्रतिनिधिसभातर्फ १२ निर्वाचन क्षेत्र रहेको छ।

माओवादी केन्द्रसँग गठबन्धन गरेको एमाले स्थायी कमिटीको सोमबारको बैठकले आफ्नो भागमा परेका क्षेत्रहरुको ८ निर्वाचन क्षेत्रको उम्मेदबारको टुङ्गो लगाएको छ भने माओवादी केन्द्रले दुई निर्वाचन क्षेत्रको बाँकी छ। कांग्रेसले ८ निर्वाचन क्षेत्रको उम्मेदवार टुङ्ग्याउन बाँकी रहेको छ ।

जसअनुसार कैलाली-५ मा प्रधानमन्त्री पत्नि आरजुसँग एमालेका नारदमुनी राना प्रतिस्पर्धा हुने छ। त्यसैगरी प्रधानमन्त्री देउवासँग माओवादी केन्द्रका सचिवालय सदस्य खगराज भट्ट प्रतिस्पर्धा हुनेछ।  त्यसैगरी माओवादी केन्द्रको तर्फबाट कचनपुर – १  अध्यक्ष पुष्पकमल दाहालकी बुहारी बिना मगर चुनाव लड्दै छिन् ।

नेपाली कांग्रेस

कैलाली-५ आरजु देउवा

कंचनपुर – २ नारायणप्रकाश(एनपी) साउद

कंचनपुर – ३ रमेश लेखक

डडेल्धुरा – शेरबहादुर देउवा

 

 

नेकपा एमाले

कैलाली – १ मदनकुमारी (गरिमा) शाह

कैलाली– २ झपट रावल

कैलाली – ५ नारदमुनी राना

कंचनपुर – २ नरबहादुर धामी

कंचनपुर–३ दीपकप्रकाश भट्ट

अछाम– १ भीमबहादुर रावल

अछाम-२ यज्ञ बोगटी

डोटी : प्रेमबहादुर आले

माओवादी केन्द्र

कंचनपुर – १ बिना मगर

डडेल्धुरा : खगराज भट्ट

 

 

 

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?