रुकुमघरमा आगलागीबाट क्षति

Shikharkhabar Shikharkhabar
|
शनिबार, कार्तिक ३, २०७५
|
|
३३ पटक हेरिएको
Shares

सारांश

  • रुकुम, पूर्व, ३ कात्तिक, रुकुम पूर्वमा गए राति ११ः३० बजे एक घरमा आगलागी हुँदा रु दुई लाख ५० हजार बराबरको धनमाल क्षति भएको छ ।
  • स्थानीय सिस्ने गाउँपालिका–५ रुमालबाराका ज्ञानु बुढाको खरले छाएको एकतले घरमा आगलागी हुँदा रु ५५ हजार, अन्नपात, भाँडाकुँडा, लत्ताकपडालगायत गरी रु दुई लाख ५० हजार बराबरको धनमाल क्षति भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी निरीक्षक दीवाकर रीजालले जानकारी दिनुभयो ।
  • घरमा मासु पकाउने क्रममा एक्कासि कराइको तेल बलेर आगलागी भएको थियो ।

रुकुम, पूर्व, ३ कात्तिक, रुकुम पूर्वमा गए राति ११ः३० बजे एक घरमा आगलागी हुँदा रु दुई लाख ५० हजार बराबरको धनमाल क्षति भएको छ ।

स्थानीय सिस्ने गाउँपालिका–५ रुमालबाराका ज्ञानु बुढाको खरले छाएको एकतले घरमा आगलागी हुँदा रु ५५ हजार, अन्नपात, भाँडाकुँडा, लत्ताकपडालगायत गरी रु दुई लाख ५० हजार बराबरको धनमाल क्षति भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी निरीक्षक दीवाकर रीजालले जानकारी दिनुभयो । घरमा मासु पकाउने क्रममा एक्कासि कराइको तेल बलेर आगलागी भएको थियो ।

उहाँका अनुसार ज्ञानु बुढाकी श्रीमती ३६ वर्षीय मोतीकला बुढाको हात, खुट्टा र ढाडमा आगोले पोलेकाले उपचारका राति नै जनस्वास्थ्य रुकुमकोटमा सामान्य उपचारपछि जिल्ला अस्पताल सल्ले रुकुम पश्चिममा पठाइएकामा त्यहाँपनि उपचार असम्भव भएपछि अहिले नेपालगञ्ज लगिएको छ। आगलागीबाट एउटा भँैसी र बाख्रा जलेर घाइते भएका छन् । आगो प्रहरी र स्थानीयवासीले राति २ बजे नियन्त्रणमा लिएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?