पाँच कोरोना संक्रमितको मृत्यु, कुल मृतक संख्या ८ सय ४७

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक ९, २०७७
|
|
१६ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, ९ कात्तिक ।
  • बितेको २४ घन्टाभित्र देशमा पाँचजनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।
  • मृत्यु हुनेहरुमा दुईजना काठमाडौं उपत्यकाका छन् ।

काठमाडौं, ९ कात्तिक । बितेको २४ घन्टाभित्र देशमा पाँचजनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेहरुमा दुईजना काठमाडौं उपत्यकाका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म ८ सय ४७ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ । यसअघि हिजो १३ जना कोरोना संक्रमितको मृत्यु भएको थियो । दैनिक मृत्यु हुने क्रम यथावत् छ ।

यसैगरी, २८ सय ५६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमित संख्या एक लाख ५८ हजार ८९ पुगेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?