माओवादीको निश्कर्षः वर्तमान सरकार पूर्ण रुपमा असफल भइसक्यो

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २८, २०८१
|
|
५५ पटक हेरिएको
Shares
माओवादीको निश्कर्षः वर्तमान सरकार पूर्ण रुपमा असफल भइसक्यो

सारांश

  • काठमाडौं।
  • नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठकले सुशासन, सेवा प्रवाह र भ्रष्टाचार नियन्त्रण गर्ने कुरामा वर्तमान सरकार असफल भइसकेको निश्कर्ष निकालेको छ ।
  • निर्णयहरु सार्वजनिक गर्दै माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले सरकारप्रति जनतामा तीब्र असन्तुष्टि, निराशा र आक्रोश पैदा भइरहेको बैठकको निश्कर्ष रहेको बताए ।

काठमाडौं। नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठकले सुशासन, सेवा प्रवाह र भ्रष्टाचार नियन्त्रण गर्ने कुरामा वर्तमान सरकार असफल भइसकेको निश्कर्ष निकालेको छ ।

निर्णयहरु सार्वजनिक गर्दै माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले सरकारप्रति जनतामा तीब्र असन्तुष्टि, निराशा र आक्रोश पैदा भइरहेको बैठकको निश्कर्ष रहेको बताए । वर्तमान सरकारले अख्तियार, सम्पत्ति सुद्धीकरणदेखि शैक्षिक संस्थाहरुमा मसेत सरकारले अवरोध सिर्जना गर्ने काम गरिरहेको पनि उपाध्यक्ष सापकोटाले बताए ।

त्यस्तै, गत मंसिर १६ मा सम्पन्न स्थानीय तह उपनिर्वाचनमा माओवादीले पाएको मतले दलीय व्यवस्थातिर लैजाने कांग्रेस–एमालेको सोचलाई खण्डित गरेको माओवादीको निश्कर्ष छ ।

‘कांग्रेस र एमालेले दुई दलीय व्यवस्थातिर लैजाने सोचिरहेका थिए । अहिलेको नतिजाले त्यसलाई खण्डित गरेको छ । यो चुनावको नतिजाले सरकारलाई अन्य कुरामा पनि दवाब सिर्जना गरेको छ, चुनौति खडा गरेको छ । सरकारले भ्रष्टाचारीलाई संरक्षण गर्ने र विचौलिया, दलालको पक्षमा नीति, निर्माण गर्ने काम गरिरहेको थियो । त्यसलाई रोक्न कतै न कतै मद्धत गरिरहेको छ,’– उपाध्यक्ष सापकोटाले भने ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    binance

    Your article helped me a lot, is there any more related content? Thanks!

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?