फोक्सुण्डो तालको गहिराइ नाप्न विज्ञ टोली डोल्पामा

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ १२, २०७६
|
|
३६ पटक हेरिएको
Shares
फोक्सुण्डो तालको गहिराइ नाप्न विज्ञ टोली डोल्पामा

सारांश

  • डोल्पा।
  • डोल्पाको फोक्सुण्डो तालको गहिराइ पुनःमापन गर्न मौसम विज्ञान विभागले विज्ञ टोली खटाएको छ ।
  • नेपालकै गहिरो तालका रूपमा परिचित फोक्सुण्डो तालको गहिराइका विषयमा विवाद उत्पन्न भएपछि पुनःमापन गर्नका लागि विज्ञ टोली पुगेको हो।

डोल्पा। डोल्पाको फोक्सुण्डो तालको गहिराइ पुनःमापन गर्न मौसम विज्ञान विभागले विज्ञ टोली खटाएको छ । नेपालकै गहिरो तालका रूपमा परिचित फोक्सुण्डो तालको गहिराइका विषयमा विवाद उत्पन्न भएपछि पुनःमापन गर्नका लागि विज्ञ टोली पुगेको हो।शे–फोक्सुन्डो गाउँपालिका–८ रिग्मो गाउँमा अवस्थित फोक्सुण्डोको गहिराइ नाप्न १० जनाको विज्ञ टोली डोल्पा आइपुगेको छ।

नेशनल हाइड्रोलोजिकल एण्ड मेट्रोलजिकल रिसर्च सेन्टर एण्ड कन्सल्टेन्सीले अनुमति पाएपछि विज्ञसहितका १० जनाको टोली फोक्सुण्डो पुगेर तालको गहिराइ मापन गर्ने विज्ञ ध्रुवलोचन अधिकारीले जानकारी दिए। टोलीमा दुई जना सर्वे गर्ने इञ्जिनीयर, एक जना डुङ्गा चालक, जल तथा मौसम विभागका विज्ञ सुवास तुलाधर, विनिता कायस्थ, दिनेश पराजुली र मौसम भण्डारीको टोली करीव चार दिन बसेर फोक्सुण्डो तालको गहिराइ मापन गरेर फर्किने अधिकारीले जानकारी दिए।

दिनमा दर्जनाैंपटक रङ बदल्ने, कुनै पनि जीवनको अस्तित्व नभएको र ६५० मिटर गहिरो तालका रूपमा जापानी नागरिकले विसं २०३६ मा प्रमाणित गरेको स्थानीय बताउँछन्। विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत जल तथा मौसम विज्ञान विभागमा फोक्सुण्डो तालको गहिराइ लगायतका विशेषताका विषयमा रेकर्ड नराखिएपछि पछिल्लो समयमा विवाद बढेको स्थानीय आङबहादुर लामाले बताए।

दोस्रोपटक सन २००४ मा ब्याथिमेट्रिक सर्वे विधि अपनाई वैज्ञानिक मापन गर्दा तालको गहिराइ १४५ मिटर रहेको तथ्याङ्क जल तथा मौसम विज्ञान विभागमा पेश गरिएपछि फोक्सुण्डो तालको गहिराइ विवाद हालसम्म पनि कायमै रहेको छ। दोहोरो तथ्याङ्कका कारण हाल गहिरो ताल रारा भनेर उल्लेख गरिएपछि स्थानीय र डोल्पाका नागरिकले भने उक्त टोलीले पूराना मर्मत गरेका मेसिनले मापन गरी गलत तथ्याङ्क दिएको आरोप लगाइरहेका छन्।

शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जभित्र करीब ३६३५ मिटरको उचाइमा रहेका ५ दशमलव ९३ किलोमिटर लम्बाइ र एक दशमलव ८० किलोमिटर चौडाइ भएको फोक्सुण्डो तालको यथार्थ मापन र तथ्याङ्क आउनेमा विश्वस्त रहेको शे–फोक्सुन्डो गाउँपालिकाका उपाध्यक्ष धावासम्डुक गुरुङले बताए।

(https://prodavinci.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्रीलाई माया गरेको हो भने देवराज घिमिरेलाई पनि सभामुखमा मत दिनुहोस् : याेगेश भट्टराई
प्रधानमन्त्रीलाई माया गरेको हो भने देवराज घिमिरेलाई पनि सभामुखमा मत दिनुहोस् : याेगेश भट्टराई
विप्लव समूहका केन्द्रीय सदस्य लोहनी पक्राउ
विप्लव समूहका केन्द्रीय सदस्य लोहनी पक्राउ
कास्की दुईमा रोचक भीडन्त
कास्की दुईमा रोचक भीडन्त
नयाँ शक्ति नेपाल प्रदेश नं. २ का संयोजक डा. सुरेन्द्र यादव संघीय समाजवादी फोरम नेपालमा प्रवेश
नयाँ शक्ति नेपाल प्रदेश नं. २ का संयोजक डा. सुरेन्द्र यादव संघीय समाजवादी फोरम नेपालमा प्रवेश
 मिस युनिभर्समा नेपालकी जैन दीपिका ग्यरेटले राष्ट्रिय पोशाकसहित शान्तिको सन्देश प्रवाह गर्ने
 मिस युनिभर्समा नेपालकी जैन दीपिका ग्यरेटले राष्ट्रिय पोशाकसहित शान्तिको सन्देश प्रवाह गर्ने
गर्भबाट बाबुलाई चिठ्ठी !
गर्भबाट बाबुलाई चिठ्ठी !
हावाहुरी र मेघगर्जनसहित पानी पर्ने सम्भावना
हावाहुरी र मेघगर्जनसहित पानी पर्ने सम्भावना
फेरि फुट्यो लिम्बुवान
फेरि फुट्यो लिम्बुवान
कोरोनाबाट हङकङमा पनि एकको मृत्यु, चीनमा मृत्यु हुनेको संख्या ४२५ पुग्यो
कोरोनाबाट हङकङमा पनि एकको मृत्यु, चीनमा मृत्यु हुनेको संख्या ४२५ पुग्यो
युएई विरुद्धको खेलमा नेपाल विजयी, एकदिवशीयमा ऐतिहासिक सफलता
युएई विरुद्धको खेलमा नेपाल विजयी, एकदिवशीयमा ऐतिहासिक सफलता