उत्कृष्ट स्वयंसेवक सम्मानित
सारांश
- काठमाडाै, ३० साउन ।
- अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा साइन्ट्रोलोजी स्वयंसेपक नेपालले ६ जना उत्कृष्ट स्वयंसेवकलाई सम्मान गरेको छ ।
- राजधानीमा आयोजित राष्ट्रिय स्वयं सेवक भेलामा सांसद रविन्द्रराज शर्माले सम्मानपत्र र ट्रफिसहित उनीहरुलाई सम्मान गरेका हुन् ।
काठमाडाै, ३० साउन । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा साइन्ट्रोलोजी स्वयंसेपक नेपालले ६ जना उत्कृष्ट स्वयंसेवकलाई सम्मान गरेको छ । राजधानीमा आयोजित राष्ट्रिय स्वयं सेवक भेलामा सांसद रविन्द्रराज शर्माले सम्मानपत्र र ट्रफिसहित उनीहरुलाई सम्मान गरेका हुन् ।
सम्मानित हुनेहरुमा आयुया श्रेष्ठ, रीतिका श्रेष्ठ, राम श्रेष्ठ, अजय गुरुङ, नवीना गुरुङ र सुरज डंगोल छन् । युवा जोसलाई हौसला प्रदान गर्न विभिन्न सामाजिक क्षेत्रमा योगदान दिएबापत उनीहरुलाई सम्मान गरिएको आयोजक संस्थाका अध्यक्ष विनोद शर्माले जानकारी दिए । कार्यक्रममा काठमाडौ महानगरपालिका ५ का वडाध्यक्ष रमेश डंगोल र ७ का वडाध्यक्ष शुद्धिकुमार डंगोलसमेत सहभागी थिए ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया