मुलुकी ऐन काँग्रेस सरकारले ल्याएको हो : नेम्वाङ

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन ११, २०७५
|
|
२१ पटक हेरिएको
Shares
मुलुकी ऐन काँग्रेस सरकारले ल्याएको हो : नेम्वाङ

सारांश

  • इलाम, ११ असोज ।
  • स्नेपाल कम्युनिष्ट पार्टीका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले प्रमुख प्रतिपक्षी काङ्ग्रेसले विगतमा आफैँले गरेका निर्णयलाई अहिले विरोध गरिरहेको आरोप लगाउनुभएको छ ।
  • “मुलुकी ऐनको मस्यौदा शेरबहादुर देउवा नेतृत्वको सरकारले बनाएको हो”, नेम्वाङले बताएका छन्, “त्यही दस्तावेज पनि काङ्ग्रेसले विरोध गरिरहेको छ, यो आश्चर्य कुरा हो ।

इलाम, ११ असोज । स्नेपाल कम्युनिष्ट पार्टीका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले प्रमुख प्रतिपक्षी काङ्ग्रेसले विगतमा आफैँले गरेका निर्णयलाई अहिले विरोध गरिरहेको आरोप लगाउनुभएको छ ।“मुलुकी ऐनको मस्यौदा शेरबहादुर देउवा नेतृत्वको सरकारले बनाएको हो”, नेम्वाङले बताएका छन्, “त्यही दस्तावेज पनि काङ्ग्रेसले विरोध गरिरहेको छ, यो आश्चर्य कुरा हो ।” आज बिहान इलाम सदरमुकाममा पार्टी कार्यकर्ता तथा पत्रकारसँग छलफल गर्दै उनले बताइन् ।
अहिले नेकपा नेतृत्वको दुईतिहाइको सरकारलाई भत्काउन विपक्षीहरू लागिपरेको बताउँदै नेम्वाङले पार्टीलाई सुदृढ र सक्षम बनाउन पार्टी दह्रो हुनुपर्ने उल्लेख गरे

नेपालको संविधान ९० प्रतिशत संसद्ले हस्ताक्षर गरेको संविधान रहेकाले यो संसारकै शक्तिशाली संविधान रहेको नेम्बाङले दाबी गरे । “हामीले निर्माण गरेको संविधानमा ९० प्रतिशत जनताका प्रतिनिधिले हस्ताक्षर गरे । उनले थपेका छन् ।, “तर, संविधानकै विरोध गर्ने साथीहरू पनि यही संविधानको कानूनअनुसारको शपथ खानुभएको छ । अहिले कसैले पनि संविधान नमानेको छैन ।”

नेम्वाङले आफूलाई संसद्को शपथ खुवाउने व्यक्ति नै राजपाका नेता महन्थ ठाकुर रहेको भन्दै अहिले संविधान सबैले स्वीकार गरिरसकेको जानकारी गराएका छन् । “संविधानको विरोध गर्ने पार्टी राजपा हो । तर, हामीलाई ज्येष्ठ सदस्यको नाताले संसद्को शपथ खुवाउने मान्छे महन्थ ठाकुरले पनि त यही संविधानलाई टेकेर शपथ खाएका हुन् ”, नेम्बाङले भने ।संविधानसभाका पूर्वसभामुखसमेत रहनुभएका नेम्वाङले संविधानमा ‘पूर्ण प्रेस स्वतन्त्रता’ लेख्ने व्यक्ति आफू नै रहेको बताए । “अहिले साथीहरू नेकपा प्रेस विरोधी हो भन्नहुन्छ, संविधानमा पूर्ण प्रेस स्वतन्त्रता लेख्ने मै हुँ”, उनले थपेका छन्, “यदि हामी प्रेस विरोधी थियौँ भने कसरी पूर्ण प्रेस स्वतन्त्रता लेख्थ्यौ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्वर्गीय राजा वीरेन्द्रको ७४औं जन्मजयन्ती मनाइँदै
स्वर्गीय राजा वीरेन्द्रको ७४औं जन्मजयन्ती मनाइँदै
काठमाडौंका सिडिओ दाहाल कोरोना संक्रमणमुक्त, भोलिबाट काममा फर्किने
काठमाडौंका सिडिओ दाहाल कोरोना संक्रमणमुक्त, भोलिबाट काममा फर्किने
भरतपुरको विद्यालय क्षेत्रका पसलबाट सुर्तीजन्य पदार्थ बरामद
भरतपुरको विद्यालय क्षेत्रका पसलबाट सुर्तीजन्य पदार्थ बरामद
बसाइँ सर्नेलाई पाँच लाख अनुदान
बसाइँ सर्नेलाई पाँच लाख अनुदान
सरकारलाई कांग्रेसको चेतावनी: सँगै जेल जाने परिस्थिति सृजना गर्न खोजेको ?
सरकारलाई कांग्रेसको चेतावनी: सँगै जेल जाने परिस्थिति सृजना गर्न खोजेको ?
लागुऔषधका कारण आपराधिक घटना बढ्दै…
लागुऔषधका कारण आपराधिक घटना बढ्दै…
तीन दिनसम्म लगातार झरी पर्ने, सर्वसाधारणलाई सचेत हुन आग्रह
तीन दिनसम्म लगातार झरी पर्ने, सर्वसाधारणलाई सचेत हुन आग्रह
६ महिना पहिले महिलाको मृत्यु, पतिले सुनाए लुटपाट र हत्याको कहानी,अाखिर यस्ताे रहेछ कहानी
६ महिना पहिले महिलाको मृत्यु, पतिले सुनाए लुटपाट र हत्याको कहानी,अाखिर यस्ताे रहेछ कहानी
आजको मौसमः कोशी, बागमती र गण्डकी प्रदेशमा मेघगर्जनसहित वर्षाकाे संभावना
रुपन्देहीमा पहिलो पटक आर्थिक गणना हुँदै
रुपन्देहीमा पहिलो पटक आर्थिक गणना हुँदै

तपाईंले छुटाउनुभयो कि?