रुकुम पश्चिममा करिब साढे १३ हजार लाभग्राहीले पाए पहिलो किस्ता

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष ३, २०८०
|
|
३२ पटक हेरिएको
Shares
रुकुम पश्चिममा करिब साढे १३ हजार लाभग्राहीले पाए पहिलो किस्ता

सारांश

  • रुकुम पश्चिम ।
  • गत कात्तिक १७ गते जाजरकोट रामीडाँडा केन्द्र विन्दु बनाएर गएको भूकम्पले क्षति पुु¥याएको रुकुम पश्चिममा झण्डै साढे १३ हजार लाभग्राहीले अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता प्राप्त गरेका छन् ।
  • जिल्लाका छवटै पालिकाका १३ हजार तीन सय ८३ लाभग्राहीले पहिलो किस्ताबापत २५ हजारका दरले रकम प्राप्त गरेका हुन् ।

रुकुम पश्चिम । गत कात्तिक १७ गते जाजरकोट रामीडाँडा केन्द्र विन्दु बनाएर गएको भूकम्पले क्षति पुु¥याएको रुकुम पश्चिममा झण्डै साढे १३ हजार लाभग्राहीले अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता प्राप्त गरेका छन् । जिल्लाका छवटै पालिकाका १३ हजार तीन सय ८३ लाभग्राहीले पहिलो किस्ताबापत २५ हजारका दरले रकम प्राप्त गरेका हुन् ।

सबैभन्दा बढी आठबीसकोट नगरपालिकाका चार हजार सात सय ४२ र सबैभन्दा कम मुसिकोट नगरपालिकामा ५९ लाभग्राहीले पहिलो किस्ताबापत रकम प्राप्त गरेका हन् । त्यस्तै सानीभेरी गाउँपालिकामा दुई हजार तीन सय २१, त्रिवेणी गाउँपालिकामा दुई हजार ६८ लाभग्राहीले पहिलो किस्ता प्राप्त गर्दा बाँफीकोट गाउँपालिका भने लाभग्राहीले अझै अस्थायी आवास निर्माणको रकम पाउन सकेका छैनन् ।

आठबीकोटमा सात हजार लाभग्राहीका लागि जिल्ला विपद् व्यवस्थापन कोषबाट रकम प्राप्त भए पनि बैंकमा खाता सञ्चालन भएका चार हजार सात सय ४२ लाभग्राहीलाई पहिलो किस्ता बापतको रकम पठाइएको निमित्त प्रमुख प्रशासकीय अधिकृत मणिराज शाहले जानकारी दिए । उनका अनुसार नगरिपालिकाभर नौ हजार नौ सय ६२ लाभग्राहीको सङ्ख्या एकीन भएको छ ।

बाँकी लाभग्राहीलाई पनि खाता सञ्चालन भएपछि तत्काल रकम पठाइने उनले जानकारी दिए । त्यहाँ हालसम्म दुई हजार दुई सय ४० अस्थायी आवास निर्माण भइसकेको छ भने तीन हजार छ सय ९० वटा अस्थायी आवास निर्माणको चरण रहेको नगरपालिकाले जनाएको छ । चौरजहारी नगरपालिकामा चार हजार एक सय ९३ लाभग्राहीको खातामा रकम पठाइएको छ । जिल्ला विपद् व्यवस्थापन कोषबाट छ हजार दुई सय ७९ लाभग्राहीका लागि रकम प्राप्त भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले जानकारी दिए । उनका अनुसार नगरपालिकामा आठहजार तीन सय ८३ लाभ्रग्राहीको पहिचान भएको छ ।

अझै विगरण सङ्कलन गर्न केही दिन लाग्ने उनले जानकारी दिए । त्यहाँ एक सय १८ अस्थायी आवास निर्माण हुँदा एक हजार पाँच सय ३३ अस्थायी आवास निर्माणको चरणमा रहेका छन् । सानीभेरी गाउँपालिकामा अस्थायी आवास निर्माण गर्न दुई हजार तीन सय २१ लाभ्रग्राहीले पहिलो किस्ता पाएका छन् । पालिकाभर हालसम्म पाँच हजार चार सय २५ लाभग्राही पहिचान भएका छन् । जससमा बाँकी रहेका लाभग्राहीले पहिलो किस्ताबापतको रकम पाउन बाँकी रहेको गाउँपालिका अध्यक्ष बिर्खबहादुर विष्टले जानकारी दिए ।

उनका अनुसार पालिकाभर हालसम्म विभिन्न राजनीतिक दल सङ्घ संस्था तथा सरकारको अनुदानमा एक हजार छ सय अस्थायी आवास निर्माण भएका छन् । बाँकी अस्थायी आवास निर्माणको काम जारी रहेको उनले जानकारी दिए । 

त्यस्तै त्रिवेणी गाउँपलिकामा जिल्ला विपद् व्यवस्थापन कोषबाट प्राप्त भएको सबै रकम अर्थात् दुई हजार ६९ लाभग्राहीका लागि आएको रकम खातामा पठाइएको प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर घर्तीले जानकारी दिए । उनका अनुसार बाँकी रहेका छ सय ७३ लाभग्राहीका लागि रकम माग गरेर पठाइएको छ । विवरण सङ्कलनको काम अझै जारी छ ।

पालिकामा हालसम्म दुई सय २२ अस्थायी आवास निर्माण भएको र दुई सय ६४ अस्थायी आवास निर्माणको क्रममा रहेको प्रमुख प्रशासकीय अधिकृत घर्तीले जानकारी दिए । जिल्ला विपद् व्यवस्थापन कोषबाट मुसिकोट नगरपालिकामा आठ सय ६६ लाभग्राहीको रकम प्राप्त भएकामा हालसम्म ५९ लाभगा्रहीलाई रकम पठाइएको नगरपालिकाले जनाएको छ । त्यहाँ हालसम्म नौ सयभन्दा बढी लाभग्राही पहिचान भएका छन् ।

बाँफीकोट गाउँपालिकामा जिल्ला विपद् व्यवस्थापन कोषबाट एक हजार छ सय ९९ लाभग्राहीलाई रकम गएको भए पनि कार्यकारी अधिकृत नहुँदा हालसम्म कुनै पनि लाभग्राहीले अस्थायी आवास निर्माणको लागि रकम दिन नसकिएको गाउँपालिकाले जनाएको छ । अस्थायी आवास निर्माण गर्न प्राप्त भएको रकम अपुग भएपछि सङ्घीय सरकारलाई रु एक अर्ब दुई करोड माग गरी पठाएको सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पाकिस्तानमा सवारी दुर्घटनामा हुँदा अठारको मृत्यु
पाकिस्तानमा सवारी दुर्घटनामा हुँदा अठारको मृत्यु
सुन काण्डमा बयान फेर्दै आरोपितहरु
सुन काण्डमा बयान फेर्दै आरोपितहरु
आज देशभर छ जनाको संक्रमणबाट मृत्यु, कुल मृत्यु हुनेको संख्या एक सय २०
पर्यटनमन्त्री भट्टराई र इजरायली आर्थिक मामिलामन्त्रीबीच भेटवार्ता
पर्यटनमन्त्री भट्टराई र इजरायली आर्थिक मामिलामन्त्रीबीच भेटवार्ता
बसाइँसराइ रोक्न स्थानीय तहलाइ चुनौती
बसाइँसराइ रोक्न स्थानीय तहलाइ चुनौती
भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस: नेपालको अवस्था झन् खस्कँदै
भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस: नेपालको अवस्था झन् खस्कँदै
बालुवाटारमा ओली र प्रचण्डबीच भेटवार्ता
बालुवाटारमा ओली र प्रचण्डबीच भेटवार्ता
कांग्रेसका उम्मेदवार नरोत्तम वैद्यको उम्मेदवारी खारेज हुँदै, गगनलाई धक्का  !
कांग्रेसका उम्मेदवार नरोत्तम वैद्यको उम्मेदवारी खारेज हुँदै, गगनलाई धक्का !
बलिउड सुपरस्टार सलमान खानमाथि बलात्कार आरोप !
बलिउड सुपरस्टार सलमान खानमाथि बलात्कार आरोप !
चेल्सीलाई २–० गोलअन्तरले पराजित गर्दै म्यान्चेस्टर युनाइटेड एफए कप फुटबलको क्वाटरफाइनलमा
चेल्सीलाई २–० गोलअन्तरले पराजित गर्दै म्यान्चेस्टर युनाइटेड एफए कप फुटबलको क्वाटरफाइनलमा

तपाईंले छुटाउनुभयो कि?