आचारसंहिता उल्लङ्घन नगर्न काउन्सिलको अपिल

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख ७, २०८०
|
|
३३ पटक हेरिएको
Shares
आचारसंहिता उल्लङ्घन नगर्न काउन्सिलको अपिल

सारांश

  • काठमाडौँ ।
  • प्रेस काउन्सिल नेपालले यही वैशाख १० गते हुन गइरहेको उपनिर्वाचनमा आचारसंहिताको उल्लङ्घन नगर्न सञ्चारमाध्यमलाई अपिल गरेको छ ।
  • काउन्सिलले आज विज्ञप्ति जारी गर्दै प्रचार–प्रसार निषेध सुरु हुनुभन्दा अघिसम्म भएका राजनीतिक दलका कार्यक्रम, समाचार, तस्बिर, चुनाव चिह्नअङ्कित झण्डा र ब्यानर, श्रव्यदृश्यलगायत सामग्री मौन अवधिमा सञ्चारमाध्यमबाट प्रकाशन(प्रसारण हुँदा निर्वाचन आचारसंहिता उल्लङ्घन हुने भन्दै त्यस्तो कार्य नगर्न÷नगराउन सम्बद्ध सबै पक्षसँग अनुरोध गरेको हो ।

काठमाडौँ । प्रेस काउन्सिल नेपालले यही वैशाख १० गते हुन गइरहेको उपनिर्वाचनमा आचारसंहिताको उल्लङ्घन नगर्न सञ्चारमाध्यमलाई अपिल गरेको छ ।

काउन्सिलले आज विज्ञप्ति जारी गर्दै प्रचार–प्रसार निषेध सुरु हुनुभन्दा अघिसम्म भएका राजनीतिक दलका कार्यक्रम, समाचार, तस्बिर, चुनाव चिह्नअङ्कित झण्डा र ब्यानर, श्रव्यदृश्यलगायत सामग्री मौन अवधिमा सञ्चारमाध्यमबाट प्रकाशन(प्रसारण हुँदा निर्वाचन आचारसंहिता उल्लङ्घन हुने भन्दै त्यस्तो कार्य नगर्न÷नगराउन सम्बद्ध सबै पक्षसँग अनुरोध गरेको हो ।

निर्वाचन आचारसंहिता लागू भएपछि काउन्सिलले गरेको अनुगमनका क्रममा आचारसंहिता विपरीतका सामग्री सम्प्रेषण गर्ने सञ्चारमाध्यमलाई आज २४ घण्टे स्पष्टीकरण सोधेको काउन्सिलका उपप्रशासकीय अधिकृत रामशरण बोहराद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

अनुगमनका क्रममा कतिपय सञ्चारमाध्यमबाट चुनावी विश्लेषणका नाममा कुनै राजनीतिक दल र उम्मेदवारको पक्षपोषण हुने गरी सामग्री सम्प्रेषण भएको पाइएपछि काउन्सिलले त्यस्ता सञ्चारमाध्यमलाई २४ घण्टे पत्र काटेको हो । काउन्सिलले सञ्चारमाध्यम, सञ्चारकर्मी, सामाजिक सञ्जालका प्रयोगकर्तालगायतलाई आचारसंहिता पालनामा थप संवेदनशील, सजग र सचेत रहन अपिल गर्दै निर्वाचन स्वच्छ र मर्यादितरूपमा सम्पन्न गर्न सघाउन आग्रह गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बिहीबार सबै अदालत बिदा
बिहीबार सबै अदालत बिदा
प्रहरी प्रसाशन विरूद्ध आन्दोलन गर्ने पीडित परिवारको चेतावनी
प्रहरी प्रसाशन विरूद्ध आन्दोलन गर्ने पीडित परिवारको चेतावनी
उत्तर कोरियाबाट अझै पनि खतरा छः जापान
उत्तर कोरियाबाट अझै पनि खतरा छः जापान
चित्रबहादुरले फेरि दोहोर्याए : नेपालमा संघीयता सफल हुन सक्दैन
चित्रबहादुरले फेरि दोहोर्याए : नेपालमा संघीयता सफल हुन सक्दैन
नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरमबीच डेढ वर्षयताको एकता प्रयासले मूर्त रूप लिदै
नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरमबीच डेढ वर्षयताको एकता प्रयासले मूर्त रूप लिदै
लामखुट्टेले टोकेर महिला विमान चालकको मृत्यु
लामखुट्टेले टोकेर महिला विमान चालकको मृत्यु
  नारायणगढ–मुग्लिन सडक आज र भोलि दिउँसो खुला रहने
  नारायणगढ–मुग्लिन सडक आज र भोलि दिउँसो खुला रहने
अन्ततः कृष्णबहादुर रोशनीको डेरा पुगेको पुष्टि !
अन्ततः कृष्णबहादुर रोशनीको डेरा पुगेको पुष्टि !
तीन डीआइजीलाई एआईजीमा बढुवा, थिंक ट्यांक गठन : यस्ता छन् मन्त्रिपरिषद्का अन्य निर्णय
तीन डीआइजीलाई एआईजीमा बढुवा, थिंक ट्यांक गठन : यस्ता छन् मन्त्रिपरिषद्का अन्य निर्णय
अन्ततः बम विष्फोट गराउने नेत्रविक्रम चन्द ‘विप्लव’ भूमिगत, हिट लिष्टमा राखेर खोजी गर्दै प्रहरी, भारत पुगेको आशंका
अन्ततः बम विष्फोट गराउने नेत्रविक्रम चन्द ‘विप्लव’ भूमिगत, हिट लिष्टमा राखेर खोजी गर्दै प्रहरी, भारत पुगेको आशंका

तपाईंले छुटाउनुभयो कि?