सहिद

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ १६, २०७३
|
|
६५० पटक हेरिएको
Shares
सहिद

सारांश

हे मेरो दाजु तिमी सहिद बनेर गयौ॥

देशका लागि ज्यान सलाम छ भनेर गयौ ॥

तिमि जस्तो बहादुरको खाचो छ देशमा,

पौरखको एकथोपा रगत दिई लडेर गयौ॥

हातमा हात साथमा साथ एक मिलाएर,

हावाको बेग सरि खरानी बनी उडेर गयौ॥

जान त गयौ सहिद स्वर्ग कै बाटो गयौ,

यो देशको माटोको लागि बीउ छरेर गयौ॥

देशका लागि ज्यान सलाम छ भनेर गयौ

हे मेरो दाजु तिमी सहिद बनेर गयौ॥

                                                                      मोहन श्रेस्ठ मयाँखु ३ उदयपुर हाल काठमान्डु

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?