रुसको कब्जामा युक्रेनी जहाज
सारांश
- क्राइमिया प्रायद्विप नजिकैको समुद्रमा रुसले हमला गरेर ३ वटा युक्रेनी नौसैनिक जहाज कब्जा गरेपछि दुई देशबीच तनाव उत्पन्न भएको छ ।
- रुसले दुईवटा गनबोट र एउटा टगबोटलाई आफ्नो नियन्त्रणमा लिएको छ ।
- केही युक्रेनी जहाज चालक दलका सदस्य घाइते भएका छन्।
क्राइमिया प्रायद्विप नजिकैको समुद्रमा रुसले हमला गरेर ३ वटा युक्रेनी नौसैनिक जहाज कब्जा गरेपछि दुई देशबीच तनाव उत्पन्न भएको छ ।
रुसले दुईवटा गनबोट र एउटा टगबोटलाई आफ्नो नियन्त्रणमा लिएको छ । केही युक्रेनी जहाज चालक दलका सदस्य घाइते भएका छन्। रुसले युक्रेनी पानीजहाजहरु आफ्नो जलक्षेत्रमा अवैध तरिकाले प्रवेश गरेको आरोप लगाएपछि पछिल्लो तनाव उत्पन्न भएको हो ।
रुसले कर्च स्ट्रेट भनिने ब्ल्याक सी कृष्ण सागरलाई सी अफ अजोभ सागरसँग जोड्ने साँघुरो जलमार्गमा रहेको पुलमुनि ट्यांकर राखिदिएको थियो ।
सी अफ अजोभ दुवै देशको साझा हो। ब्ल्याक सीबाट त्यहाँ आउन जान कर्च स्ट्रेटको मार्ग प्रयोग गर्नुपर्छ। युक्रेनी राष्ट्रपति पेट्रो पोरोसेन्कोले उक्त घटनालाई रुसको उद्दण्ड कार्य भनेका छन्।
उनले संसदलाई सैनिक कानुन लगाउन आग्रह गर्ने बताएका छन्।
रुसले चाहिँ युक्रेनी जहाजले उसको जलक्षेत्रमा अतिक्रमण गरेर कियभले आफूलाई उक्साएको आरोप लगाएको छ।
युरोपेली युनियनले रुसलाई कर्च स्ट्रेटमा आवागमनको स्वतन्त्रतालाई कायम राख्न आह्वान गरेको छ।
इयुले सबै पक्षलाई तत्काल तनाव मत्थर पार्न पनि भनेको छ।
उत्तर एटलान्टिक सन्धि संगठन नेटोले पनि संयम रहन अपिल गर्दै सी अफ अजोभमा रहेका युक्रेनी बन्दरगाहरूमा निर्वाध आवागमनमा पहुँच निश्चित गर्न रुसलाई आग्रह गरेको छ।
प्रतिक्रिया