रुसले एक महिनाभित्र कोरोनाविरुद्धको अर्को पनि भ्याक्सिन ल्याउने

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र १२, २०७७
|
|
१८ पटक हेरिएको
Shares

सारांश

  • रुसले एक महिनाभित्र कोरोना भाइरसविरुद्धको दोस्रो भ्याक्सिन पनि ल्याउने भएको छ ।
  • भ्याक्सिन रुसको स्टेट रिसर्च सेन्टर अफ भिरोलोजी एन्ड बायोटेक्नोलोजी भेक्टोरले विकास गरेको हो ।
  • रुसी समाचार संस्था तासका अनुसार भ्याक्सिनको पहिलो ब्याच अक्टोबरको अन्त या नोभेम्बरको शुरुमै आउनेछ ।

रुसले एक महिनाभित्र कोरोना भाइरसविरुद्धको दोस्रो भ्याक्सिन पनि ल्याउने भएको छ । भ्याक्सिन रुसको स्टेट रिसर्च सेन्टर अफ भिरोलोजी एन्ड बायोटेक्नोलोजी भेक्टोरले विकास गरेको हो ।

रुसी समाचार संस्था तासका अनुसार भ्याक्सिनको पहिलो ब्याच अक्टोबरको अन्त या नोभेम्बरको शुरुमै आउनेछ । भ्याक्सिन अक्टोबरमा दर्ता हुनेछ । त्यसपछि तेस्रो चरणको परीक्षण शुरु गरिनेछ ।

दर्ता भएलगत्तै पहिलो ब्याचको भ्याक्सिन उपलब्ध गराइनेछ । भ्याक्सिन दोस्रो चरणमा एक सय स्वयंसेवीमाथि परीक्षण भएको छ । उनीहरु २३ दिन अस्पताल बसेर फर्किएका छन् । सबैमा एन्डिबडी विकास भएको र छ जनामा मात्र साइडएफेक्ट देखिएको थियो । उनीहरुले पाखुरामा केही पीडा भएको बताएका थिए ।

यसअघि रुसको गेमिलियाले भ्याक्सिन दर्ता गरी उत्पादन शुरु गरिसकेको छ । यसै हप्ताबाट भ्याक्सिन लगाउन थालिने बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?