रुसी मिसाइल एस ४०० अमेरिकालाई टाउको दुखाई बन्दै

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ २९, २०७६
|
|
१८ पटक हेरिएको
Shares
रुसी मिसाइल एस ४०० अमेरिकालाई टाउको दुखाई बन्दै

सारांश

  • नेटो सदस्य राष्ट्रका लागि रुसमा निर्माण गरिएको एस-४०० मिसाइल टाउको दुखाई बनेको छ ।
  • नेटा सदस्य राष्ट्र टर्कीले रुसले उत्पादन गरेको एस ४०० मिसाइल खरिद गरेपछि अमेरिकाले गम्भीर चासो व्यक्त गरेको हो ।
  • दुई अर्ब डलरको सम्झौता बमोजिम टर्कीले हतियार खरिद गरेको हो ।

नेटो सदस्य राष्ट्रका लागि रुसमा निर्माण गरिएको एस-४०० मिसाइल टाउको दुखाई बनेको छ । नेटा सदस्य राष्ट्र टर्कीले रुसले उत्पादन गरेको एस ४०० मिसाइल खरिद गरेपछि अमेरिकाले गम्भीर चासो व्यक्त गरेको हो ।

दुई अर्ब डलरको सम्झौता बमोजिम टर्कीले हतियार खरिद गरेको हो । यो मिसाइल खरिद गरे अमेरिकाले टर्कीमाथि प्रतिबन्ध लगाउने चेतावनी दिदै आएको थियो । तर, अंकाराले वासिङ्टनको चेतावनीलाई बेवास्ता गर्यो । शनिबार टर्कीको राजधानी अंकारामा पहिलो चरणको एस-४०० मिसाइल पुगिसकेको छ ।

रुसले हतियारको व्यापारमा अमेरिकालाई चुनौती थपिरहँदा हतियार टर्कीलाई बेचेको हो । निकै प्रभावकारी मानिएको यो हतियार खरिद गरेर टर्कीले अमेरिका र पश्चिमा देशहरुबाट आफूलाई दूर राख्ने सन्देश पनि दिएको छ ।

के हो एस-४०० ?

विगतमा रुसले बेच्दै आएको एस-३०० मिसाइलको विकसित रुप हो एस-४०० मिसाइल । जमिनबाट आकाशमा मार गर्न सक्ने यो मिसाइलको विशेष क्षमताका कारण चीन, भारत, साउदी अरेबिया, टर्की, कतार जस्ता देशहरुले खरिदको इच्छा देखाएका छन् ।

प्राविधिक रुपमा निकै प्रभावकारी भएकाले यसको माग शक्तिशाली देशहरुमा बढेको हो । रुसले हतियार खरिदलाई दृष्टिगत गरी कुटनीतिक र सैन्य गतिविधि बढाइरहेको छ । तेलपछि रुसको आम्दानीको मुख्य स्रोत हतियार हो । त्यसैले उसले नयाँ प्रविधि जडित हतियार अन्तराष्ट्रिय बजारमा ल्याई रहन्छ ।

एस-४०० ले ४०० किलोमिटर दूरीसम्म मार हान्न सक्छ । यसमा राडार र अन्य प्रकारको सेन्सर छ । राडारले ६०० किलोमिटर दूरीसम्मको निगरानीको क्षमता राख्छ । लक्ष्य भेदमा अब्बल रहेको, उच्च गतिशिलता र केही मिनेटमै प्रहार हुनसक्छ ।

तर, नेटो सदस्य राष्ट्र टर्कीले रुसमा निर्मित एस-४०० मिसाइल खरिद गर्नुलाई अर्थपूर्ण मानिएको छ । उसलाई हतियार खरिद नगर्न अमेरिकासहित नेटो सदस्यराष्ट्रहरुको दबाब रहेको थियो । एस ४०० विक्रीमा रुस अगाडि बढिरहँदा अमेरिकाले त्यसलाई रोक्न रणनीति अपनाइरहेको छ ।

मन्त्रीहरुको कामप्रति प्रम ओली असन्तुष्ट, व्यापक हेरफेरको तयारी, सल्लाहकार पनि हटाउँदै
प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रीहरुको कामकारबाहीबाट असन्तुष्ट भएका छन् । मन्त्रिहरु प्रचारमुखी मात्र भएको तर काम गर्न नसकेको गुनासाहरु बालुवाटारमा पुग्न थालेपछि ओली व्यापक हेरफेरको निर्णयमा पुगेका हुन् ।

मन्त्रिहरुको समीक्षा गर्दा प्रायः कोही पनि प्रभावकारी हुन सकेका छैनन् । कर्मचारीतन्त्रले असहयोग गर्यो भन्दै बालुवाटारसम्म मन्त्रीहरुको गुनासो मात्र पुग्ने गरेबाट ओली र उनका निकटस्थहरु असन्तुष्ट बनेका छन् । काममा भन्दा प्रचारमा अधिकांश मन्त्रीहरु सक्रिय रहेको जानकारी ओलीसम्म पुगिरहेको छ ।

आर्थिक वर्षको अन्त्य कुरेर बसेका ओलीले साउन लाग्न वित्तिकै आश्चर्यजनक तरिकाले मन्त्रीहरुमा हेरफेर गर्ने तयारी गरेको उनी निकटस्थहरु बताउँन थालेका छन् । मन्त्रिमण्डल हेरफेरका लागि आन्तरिक तयारी समेत थालिएको छ ।

ओलीलाई मन्त्रिमण्डलमा हेरफेर गर्न दबाब बढिरहँदा उनले आन्तरिक व्यवस्थापन गर्न सकेका छैनन् । तरकारी परीक्षणको विषयमा मन्त्री देखि सरकार समेतलाई गुमराहमा राख्ने गतिविधिलाई ओलीले गम्भिरताका साथ लिएका छन् । त्यसको गहिरो छानविन भित्री रुपमा गरिरहेका छन् ।

ओलीको सल्लाकारमध्येबाट पनि हेरफेर गर्ने तयारी गरेको बुझिएको छ । उनका सल्लाहकारहरु पनि बेला बेलामा विवादास्पद भनाईले विवादमा तानिएका छन् । श्रोतका अनुसार ओलीले सल्लाहकारहरुमा पनि व्यापक परिवर्तन गर्न तय गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मोदीको नेपाल भ्रमण व्यवस्थापनमा कति भयो खर्च ?
मोदीको नेपाल भ्रमण व्यवस्थापनमा कति भयो खर्च ?
लामो प्रयासपछि राष्ट्रिय परिचयपत्र छपाइले गति लियो
लामो प्रयासपछि राष्ट्रिय परिचयपत्र छपाइले गति लियो
नायिकाबिरुद्ध उल्टै यौन दुर्व्यवहारको आरोप
नायिकाबिरुद्ध उल्टै यौन दुर्व्यवहारको आरोप
मंसिर ९ गते मंगलवारको राशिफल यस्तो छ
मंसिर ९ गते मंगलवारको राशिफल यस्तो छ
काश्मिरबारे भारत र पाकिस्तानी प्रधानमन्त्रीसँग ट्रम्पको फोनवार्ता
काश्मिरबारे भारत र पाकिस्तानी प्रधानमन्त्रीसँग ट्रम्पको फोनवार्ता
नेविसंघको महाधिवेसन अन्यौलमा, बरिष्ठ उपाध्यक्ष सहित ७ ले दिए राजिनामा
नेविसंघको महाधिवेसन अन्यौलमा, बरिष्ठ उपाध्यक्ष सहित ७ ले दिए राजिनामा
रसियामा बौद्ध धर्मको इतिहास यस्तो छ
रसियामा बौद्ध धर्मको इतिहास यस्तो छ
कृषि पेशाले धानको जीवन
कृषि पेशाले धानको जीवन
नेपाल कम्युनिष्ट पार्टीको महासचिव विष्णु पौडेल, प्रवक्ता नारायणकाजी !
नेपाल कम्युनिष्ट पार्टीको महासचिव विष्णु पौडेल, प्रवक्ता नारायणकाजी !
अन्तत: धुर्मुस बन्ने भए पुनर्निर्माण मन्त्री, प्रधानमन्त्रीले भने- ‘भारतबाट फर्किएपछि झण्डा हल्लाउने ब्यवस्था मिलाउँछु’
अन्तत: धुर्मुस बन्ने भए पुनर्निर्माण मन्त्री, प्रधानमन्त्रीले भने- ‘भारतबाट फर्किएपछि झण्डा हल्लाउने ब्यवस्था मिलाउँछु’

तपाईंले छुटाउनुभयो कि?