प्रधानमन्त्री प्रचण्डद्वारा मन्त्रिपरिषद् विस्तार
सारांश
- काठमाडौं ।
- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।
- प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले तीनजना मन्त्री नियुक्त गरेका हुन् ।
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गरेका छन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले तीनजना मन्त्री नियुक्त गरेका हुन् ।
राष्ट्रपतिले नेपालको संविधानको धारा ७६ को उपधारा ९ बमोजिम मन्त्रीहरु नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । आज मन्त्री नियुक्त हुनेहरुमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा धनराज गुरुङ, स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा मोहन बस्नेत र युवा तथा खेलकुद मन्त्रीमा डिगबहादुर लिम्बु रहेका छन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया