राष्ट्रिय प्रजातन्त्र पार्टीको धर्मनिरपेक्षतालाई हटाएर हिन्दु राष्ट्र बनाउनु पर्ने प्रस्ताव

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र ६, २०७३
|
|
११५ पटक हेरिएको
Shares
राष्ट्रिय प्रजातन्त्र पार्टीको धर्मनिरपेक्षतालाई हटाएर हिन्दु राष्ट्र बनाउनु पर्ने प्रस्ताव

सारांश

  • ६ चैत, काठमाडौं ।
  • सत्तारुढ राष्ट्रिय प्रजातन्त्र पार्टीले धर्मनिरपेक्षतालाई हटाएर हिन्दु राष्ट्र बनाउनु पर्ने प्रस्तावसहित संविधान संशोधन विधेयक दर्ता गरेको छ ।
  • आइतबार संसद सचिवालयमा संशोधन प्रस्ताव दर्ता गरिएको सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

६ चैत, काठमाडौं । सत्तारुढ राष्ट्रिय प्रजातन्त्र पार्टीले धर्मनिरपेक्षतालाई हटाएर हिन्दु राष्ट्र बनाउनु पर्ने प्रस्तावसहित संविधान संशोधन विधेयक दर्ता गरेको छ । आइतबार संसद सचिवालयमा संशोधन प्रस्ताव दर्ता गरिएको सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

राप्रपाका कुन्ती साही, जयन्त चन्द, सुशीलकुमार श्रेठसहितका ६ सांसदले विधेयक दर्ता गरेका हुन् । यो गैरसरकारी विधेयकका रुपमा दर्ता भएको हो ।राप्रपाका ६ सांसदले दर्ता गरेको संशोधन प्रस्तावमा भनिएको छ, संविधानको धारा ४ को उपधारा १ मा संशोधन: ‘धर्मनिरपेक्ष भन्ने पदावधीको सट्टा ‘पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दु राष्ट्र’ भन्ने बाक्यंश राख्ने ।

निर्वाचन आयोगले राप्रपाको विधानबाट हिन्दु राष्ट्र र राजसंस्था हटाउने निर्णय गरेपछि राप्रपाले संविधान संशोधन विधेयक दर्ता गर्ने निर्णय गरेको थियो ।

राप्रपाले दर्ता गरेको संशोधन विधेयक सभामुखले स्वीकृत गरपेछि संसदीय प्रक्रियामा जाने छ ।

तर, सरकारी संविधान संशोधन विधेयक नै संसदमा विचाराधीन छ । यस्तो अवस्थामा राप्रपाले ल्याएको संविधान संशोधन विधेयक तत्काल अघि बढ्ने सम्भावना कमै छ ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?