प्रधानमन्त्री ओली आज सरकारी निवास बालुवाटार सर्ने
सारांश
- काठमाडौं, ६ फागुन – प्रधानमन्त्री केपी शर्मा ओली आज सरकारी निवास बालुवाटार सर्दै भएका छन् ।
- आज दिउसो ४ बजे ओली भक्तपुर बाल्कोट निजी निवासबाट बालुवाटार सर्ने भएका हुन् ।
- एमाले अध्यक्ष ओली बिहीबार प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।
काठमाडौं, ६ फागुन – प्रधानमन्त्री केपी शर्मा ओली आज सरकारी निवास बालुवाटार सर्दै भएका छन् । आज दिउसो ४ बजे ओली भक्तपुर बाल्कोट निजी निवासबाट बालुवाटार सर्ने भएका हुन् ।
एमाले अध्यक्ष ओली बिहीबार प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।
निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार बालुवाटारस्थित सरकारी निवासबाट निजी निवासी बूढानीलकण्ठ सरिसकेका छन् ।
ओलीलाई बाल्कोटस्थित निजी निवासमा शुभकामना दिनेको नाममा भेट्नेहरुको लाम लागेपछि बालुवाटार छिट्टै सर्न लागेको बताइएको छ । ‘प्रधानमन्त्रीज्यू आइतबार ४ बजेबाट सरकारी निवास बालुवाटार सर्ने समय तय भएको छ,’ ओलीका प्रेस संयोजक चेतन अधिकारीले भने, ‘परम्परागत तरिकाले होइन, सामान्य तरिकाले उहाँ सरकारी निवासमा प्रवेश गर्नुहुनेछ ।’
देउवाले निजी निवासमा सरे लगत्तै नवनियुक्त प्रधानमन्त्री ओलीको प्रवेशका लागि बालुवाटारमा सरसफाइ र मर्मतसम्भार शनिबार गरिएको छ । प्रधानमन्त्रीको स्वकीय सचिवालय आइतबारबाट सरकारी निवास बालुवाटार र सिंहदरबार दुवैतर्फ सञ्चालन हुने बताइएको छ ।
प्रतिक्रिया