‘रोग सर्छ भन्ने कुरा हल्ला मात्रै रहेछ’

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन ६, २०७६
|
|
५३ पटक हेरिएको
Shares
‘रोग सर्छ भन्ने कुरा हल्ला मात्रै रहेछ’

सारांश

  • काठमाडौँ, ६ फागुन ।
  • कोभिड नाइन्टिन (कोरोना भाइरस)को प्रकोप फैलिएको चीनको वुहानबाट उद्धार गरी ल्याइएका नेपालीको दैनिकी खरिपाटीमा खेलकुदमा बितिरहेको छ ।
  • रोग फैलने त्रास रहेका वरपरका वासिन्दाले विस्तारै कुरा बुझ्न थालेका छन् ।

काठमाडौँ, ६ फागुन । कोभिड नाइन्टिन (कोरोना भाइरस)को प्रकोप फैलिएको चीनको वुहानबाट उद्धार गरी ल्याइएका नेपालीको दैनिकी खरिपाटीमा खेलकुदमा बितिरहेको छ । रोग फैलने त्रास रहेका वरपरका वासिन्दाले विस्तारै कुरा बुझ्न थालेका छन् ।

स्थानीय रामलाल महर्जनले भने, “बिरामी त होइन रहेछन्, किन यहाँ ल्याएको होला ? घरै लगे पनि हुने थियो । रोग सर्छ भन्ने कुरा हल्ला मात्रै जस्तो लाग्यो ।” उनले त्यति रमाइलो गरेर बसिरहेकाहरूलाई रोगी भन्न नसक्ने बताए ।
हुन पनि चीनबाट आएका नेपालीको दैनिकी मस्तीले बितेको छ । उनीहरूलाई सहज होस् भन्ने उद्देश्यले सरकारले इन्टरनेट, टेलिभिजन, विभिन्न खेलकुदका सामग्रीहरूको व्यवस्थासमेत गरिदिएको छ । क्वारेन्टाइनमा बस्ने नेपालीले आफूले सोचेभन्दा पनि धेरै राम्रो व्यवस्थापन गरेकोमा सरकारको प्रशंसासमेत गरिरहेका छन् । सोमबार भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा पुग्दा रमाइलो दृश्य देखिन्थ्यो । क्वारेन्टाइनमा बसेकाहरूको तीन टोली क्वारेन्टाइनको छतमाथि बसेर क्यारामबोर्ड खेलिरहेका देखिन्थे । केही लुडो, केही ब्याडमिन्टनसमेत खेलिरहेका थिए । सरकारले विभिन्न क्षेत्रका मानिसलाई क्वारेन्टाइन व्यवस्थापनमा खटाएको छ ।

स्वास्थ्य क्षेत्रमा नेपाली सेनाका चिकित्सक डा. नवीन फुयालको नेतृत्वमा टोली खटाइरहेको छ । डा. फुयालले कुरा गर्दै स्वास्थ्य क्षेत्रबाट गर्नुपर्ने सम्पूर्ण व्यवस्थापन गरिएको बताए । उनले क्वारेन्टाइनमा बस्ने १७५ जना स्वस्थ रहेको जानकारी दिँदै सुरक्षाको दृष्टिकोणबाट मात्र राखिएको बताए । डा. फुयालले खाना, बस्न, खेलकुद, मनोरञ्जन, इन्टरनेटको समेत व्यवस्था गरिएको बताएका छन् । (गोरखापत्र दैनिकबाट)

(https://chacc.co.uk)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?