एनआरएनएलाई टक्कर दिने अर्को संस्था जन्माउने पहल
सारांश
- स्वीटजरल्याण्ड, ८ माघ ।
- गैरआवासीय नेपाली संघलाई टक्कर दिनेगरी संसारका सबै देशहरुमा रहने नेपालीहरुलाई समाविष्ट गरी एउटा साझा र छाता संगठनको जन्म हुन थालेको छ ।
- विशेष स्रोतले दिएको जानकारीअनुसार जन्मिदै गरेको नयाँ संस्था एउटा गैर राजनीतिक, गैरधार्मिक रहने छ ।
स्वीटजरल्याण्ड, ८ माघ । गैरआवासीय नेपाली संघलाई टक्कर दिनेगरी संसारका सबै देशहरुमा रहने नेपालीहरुलाई समाविष्ट गरी एउटा साझा र छाता संगठनको जन्म हुन थालेको छ । विशेष स्रोतले दिएको जानकारीअनुसार जन्मिदै गरेको नयाँ संस्था एउटा गैर राजनीतिक, गैरधार्मिक रहने छ ।
विदेशमा शिक्षा आर्जन गर्ने बिद्यार्थीहरुको पनि प्रतिनिधित्व हुनेगरी विदेशमा रहने सम्पूर्ण नेपालीहरुको मानवीय हक, बिश्वब्यापी मानवअधिकारको लागि नेपाल सरकार र बिदेशमा सम्बन्धित सरोकारवाला मुलुकसँग सिधा सम्पर्क गरी नेपालीहरुका समस्या समाधानको बाटो खोज्ने बताइएको छ ।
यो संस्था नेपालको कानुन बमोजिम एनआरएनए जस्तै परराष्ट्र मन्त्रालयमा बिधिबत दर्ता गर्ने तयारी भइरहेको छ । संस्थाको सचिवालयसहितको केन्द्रीय कार्यालय नेपालमा रहने पनि स्रोतले बतायो ।
Devendra Acharya
आप्रवासीहरूले खोजेको संस्था एउटा गैर राजनीतिक, गैरधार्मिक हुनुपर्छ ।
नकी कांग्रेसको भात्री संगठन NRNA जस्तो !
Shanta Sangraula
राम्रो कूरा शक्ति सँतूलनकोलागी आवस्यक छ।