कांग्रेसले अराजक कार्यकर्तालाई कारबाही गर्ने

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र १३, २०७५
|
|
१५ पटक हेरिएको
Shares
कांग्रेसले अराजक कार्यकर्तालाई कारबाही गर्ने

सारांश

  • काठमाडौं।
  • नेपाली कांग्रेसको अनुशासन समितिले पार्टी हितविपरीत काम गर्ने सदस्यविरुद्ध उजुरीको आह्वान गरेको छ।
  • यो महिनाको अन्तिमसम्म आएका उजुरीमाथि मात्र छानविन गर्ने भन्दै अनुशासन समितिले प्रमाणसहित उजुरी गर्न आग्रह गरेको हो।
काठमाडौं। नेपाली कांग्रेसको अनुशासन समितिले पार्टी हितविपरीत काम गर्ने सदस्यविरुद्ध उजुरीको आह्वान गरेको छ। यो महिनाको अन्तिमसम्म आएका उजुरीमाथि मात्र छानविन गर्ने भन्दै अनुशासन समितिले प्रमाणसहित उजुरी गर्न आग्रह गरेको हो।
केन्द्रीय अनुशासन समितिको मंगलबार बसेको बैठकले पार्टीको कुनै पनि सदस्यले पार्टी हितविपरीत काम–कारबाही र गतिविधि गरेको भए त्यस्तो गतिविधिविरुद्ध प्रमाणसहित यही चैत मसान्तसम्म प्राप्त उजुरीउपर छानविन गर्ने निर्णय गरेको हो।
कांग्रेस नेता भिष्मराज आङदम्बेको संयोजकत्वमा गठित पाँच सदस्यीय केन्द्रीय अनुशासन समितिमा किशोरसिंह राठौर, देवेन्द्रराज कँडेल, उमाकान्त चौधरी र धनराज गुरुङ सदस्य छन्। केही दिनअघि मात्र गठन भएको केन्द्रीय अनुशासन समितिको पहिलो बैठकले आफ्नो कार्यविधि २०७५ लाई पनि पारित गरेको छ।
कांग्रेस केन्द्रीय अनुशासन समितिले पार्टीका कुनै पनि नेता तथा कार्यकर्ताले पार्टी हितविपरीतका काम–कारबाही र गतिविधि लिखितरूपमा वा सामाजिक सञ्जालमार्फत सार्वजनिक गरे अनुशासनको कारबाही हुने भन्दै त्यस्तो गतिविधि नगर्न पनि आग्रह गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?