त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट फेरि ६० ताेला बढी सुन बरामद

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख ६, २०७५
|
|
२३ पटक हेरिएको
Shares
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट फेरि ६० ताेला बढी सुन बरामद

सारांश

  • काठमाडौं : त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट फेरि ठूलो मात्रामा सुन बरामद भएको छ ।
  • बिहीबार बिहान फ्लाई दुबईबाट काठमाडौं आएका एक भारतीय नागरिकको साथबाट ६० ताेला बढी सुन बरामद भएको हो ।
  • विमानस्थल प्रहरी प्रमुख एसएसपी प्रेम चन्दका अनुसार सुन तस्करीमा गिरोह नै संलग्न हुनसक्ने आशंकामा अनुसन्धान भइरहेको छ ।

काठमाडौं : त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट फेरि ठूलो मात्रामा सुन बरामद भएको छ । बिहीबार बिहान फ्लाई दुबईबाट काठमाडौं आएका एक भारतीय नागरिकको साथबाट ६० ताेला बढी सुन बरामद भएको हो ।

विमानस्थल प्रहरी प्रमुख एसएसपी प्रेम चन्दका अनुसार सुन तस्करीमा गिरोह नै संलग्न हुनसक्ने आशंकामा अनुसन्धान भइरहेको छ । भारतीय नागरिकलाई भन्सार चेकजाँचपछिको स्थानबाट पक्राउ गरिएको हो । भन्सारका कर्मचारीले यत्रि ठूलो मात्रामा ल्याएको सुनको बारेमा केही थाहा पाएनन् । प्रहरी प्रमुख चन्दका अनुसार बरामद भएको सुनको तौल ६ सय ९९ ग्राम रहेको छ ।

आजको बजार मूल्य अनुसार बरामद सुनको मूल्य ३५ लाख ५३ हजार पर्छ । प्रहरी प्रमुख चन्दका अनुसार सबै सुन जुत्तामा लुकाएको अवस्थामा बरामद भएको हो । भन्सार छलिसकेको अवस्थामा सुन बरामद भएकाले यसमाथि गम्भीर अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?