रोनाल्डो र नेइमारबीच यस्तो प्रेम, खुल्यो सम्भावनाको ढोका

Shikharkhabar Shikharkhabar
|
शनिबार, फाल्गुन ५, २०७४
|
|
४४ पटक हेरिएको
Shares
रोनाल्डो र नेइमारबीच यस्तो प्रेम, खुल्यो सम्भावनाको ढोका

सारांश

  • यो सिजन बार्सिलोनबाट कीर्तिमानी मूल्यमा फ्रेन्च क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) जाँदा लागेको थियो, नेइमार त्यहाँ लामो समय बस्नेछन् ।
  • तर सिजनको मध्यतिरै उनी रियल मड्रिड जान चाहेको खबर आउन थाल्यो ।
  • रियल मड्रिडले पनि उनलाई ल्याउन सबै प्रयास गर्ने संकेत देखायो ।

यो सिजन बार्सिलोनबाट कीर्तिमानी मूल्यमा फ्रेन्च क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) जाँदा लागेको थियो, नेइमार त्यहाँ लामो समय बस्नेछन् ।

तर सिजनको मध्यतिरै उनी रियल मड्रिड जान चाहेको खबर आउन थाल्यो । रियल मड्रिडले पनि उनलाई ल्याउन सबै प्रयास गर्ने संकेत देखायो ।

तर स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो आफ्नो ठाउँ नेइमारलाई दिन तयार छैनन् । नेइमारले पनि रोनाल्डोलाई क्लबबाट बिदा गरेमा मात्रै आफू आउने बताएको खबर पनि आए ।

तर च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ अन्तर्गतको पहिलो लेगमा बर्नाबेउमा देखिएको दृश्यले रोनाल्डो र नेइमार सँगै खेल्न तयार रहेको संकेत गर्‍यो ।

यो खेलमा रियल मड्रिड ३–१ ले विजयी भयो । रोनाल्डोले दुई गोल गरे र च्याम्पियन्स लिगको इतिहासमा एकै क्लबबाट १०० वा त्यो भन्दा बढी गोल गर्ने पहिलो खेलाडी बने ।

नेइमारले गोल गर्न सकेनन् । तर मैदानमा रोनाल्डो र नेइमारको स्नेहको दृश्यले उनीहरु भविष्यमा एकै क्लबबाट खेल्न सक्ने संकेत गर्‍यो । स्पेनिस पत्रिका मार्काका अनुसार यस विषयमा खेलपछि सोध्दा नेइमारले मुस्कुराएर सकारात्मक संकेत गरेको उल्लेख गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

१५ वर्षीया किशोरीमाथि वडाअध्यक्षकाे बारम्बार यौन शोषण, किशाेरी वेपत्ता !
१५ वर्षीया किशोरीमाथि वडाअध्यक्षकाे बारम्बार यौन शोषण, किशाेरी वेपत्ता !
नेताहरुले भाषण मात्रै गर्ने र कर्मचारीले तलव मात्रै पकाउने प्रवृत्तिको अन्त गरिनुपर्छ:  मुख्यमन्त्री शाही
नेताहरुले भाषण मात्रै गर्ने र कर्मचारीले तलव मात्रै पकाउने प्रवृत्तिको अन्त गरिनुपर्छ: मुख्यमन्त्री शाही
लिपुलेक प्रकरणमा नेकपा नेताहरुको आरोपप्रत्यारोप, भीम रावललाई जथाभावी नबोल्न सुझाव
लिपुलेक प्रकरणमा नेकपा नेताहरुको आरोपप्रत्यारोप, भीम रावललाई जथाभावी नबोल्न सुझाव
अदुवाको भाउ घट्यो, किसानमा निराशा बढ्यो
अदुवाको भाउ घट्यो, किसानमा निराशा बढ्यो
महाशिवरात्रि तथा सेना दिवस समारोहमा राष्ट्रपति
महाशिवरात्रि तथा सेना दिवस समारोहमा राष्ट्रपति
किन् अाईन् भारतिय बिदेश मन्त्रि काठमाडौंमा ?
किन् अाईन् भारतिय बिदेश मन्त्रि काठमाडौंमा ?
विशेष सुरक्षाबलको कारबाहीमा १५ व्यक्ति रिहा
विशेष सुरक्षाबलको कारबाहीमा १५ व्यक्ति रिहा
गणतन्त्र दिवसको अवसरमा साक्षर स्तम्भको शिलन्यास
गणतन्त्र दिवसको अवसरमा साक्षर स्तम्भको शिलन्यास
नेपाली र भारतीय प्रधानमन्त्रीद्वयको ड्रेसअप पनि दुरुस्तै (तस्वीरसहित)
नेपाली र भारतीय प्रधानमन्त्रीद्वयको ड्रेसअप पनि दुरुस्तै (तस्वीरसहित)
निर्मलाका साथीले लेखिन् प्रधानमन्त्री ओलीलार्इ मार्मिक पत्र !