एमाले नेता नेपालको चुनावी अभियानमा अध्यक्ष दाहाल

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर १६, २०७४
|
|
२६ पटक हेरिएको
Shares
एमाले नेता नेपालको चुनावी अभियानमा अध्यक्ष दाहाल

सारांश

  • माडौँ, १६ मंसिर : नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालको चुनावी अभियानमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ आज सहभागी हुनुभयो ।
  • नेता नेपाललगायत वाम गठबन्धनका उम्मेदवारलाई मत माग्ने उद्देश्यका साथ शुक्रबार आफ्नो निर्वाचन कार्यक्रम छोट्याएर काठमाडौँ आइपुग्नुभएका अध्यक्ष दाहाल आज पेप्सीकोला क्षेत्रमा आयोजित घरदैलो कार्यक्रममा सहभागी हुनुभएको हो ।
  • अध्यक्ष दाहाल र नेता नेपालले पेप्सीकोला क्षेत्रमा करिब दुई घण्टा घरदैलो गर्दै स्थानीयसँग मत माग्नुभएको थियो ।

माडौँ, १६ मंसिर : नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालको चुनावी अभियानमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ आज सहभागी हुनुभयो ।

नेता नेपाललगायत वाम गठबन्धनका उम्मेदवारलाई मत माग्ने उद्देश्यका साथ शुक्रबार आफ्नो निर्वाचन कार्यक्रम छोट्याएर काठमाडौँ आइपुग्नुभएका अध्यक्ष दाहाल आज पेप्सीकोला क्षेत्रमा आयोजित घरदैलो कार्यक्रममा सहभागी हुनुभएको हो ।

अध्यक्ष दाहाल र नेता नेपालले पेप्सीकोला क्षेत्रमा करिब दुई घण्टा घरदैलो गर्दै स्थानीयसँग मत माग्नुभएको थियो ।

दुई पूर्वप्रधानमन्त्री मतदाताको घरदैलोमा पुग्दा स्थानीयले ताली बजाएर स्वागत गरेका थिए । घरदैलोपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले विगत केही दिन अघिदेखि नै नेपालको चुनावीसभामा सहभागी हुने इच्छा भए पनि व्यस्तताका कारण नभ्याएको भन्दै सहभागी भएर मतदातासँग मत माग्न पाएकोमा खुशी व्यक्त गर्नुभयो ।

उहाँले वाम गठबन्धनका पक्षमा खुलेर मत हाल्न मतदातासँग अपिल पनि गर्नुभयो । “यस क्षेत्रका लागि मात्र होइन नेपालको राजनीतिका लागि पनि आवश्यक व्यक्ति हुनुहुन्छ माधव नेपाल,” प्रचण्डले भन्नुभयो, “यस्तो व्यक्ति तपाईहरुले प्राप्त गर्नुभएको छ । यो तपाईहरुको पनि गौरवको कुरा हो ।”

सभालाई सम्बोधन गर्नुहुँदै नेता नेपालले फड्को हानेर जोखिम मोल्ने अर्थात राजनीतिलाई निर्णायक मोड दिन सक्ने क्षमताको व्यक्ति प्रचण्डलाई चुनावीसभामा सँगै पाउँदा आफूलाई खुशी लागेको बताउनुभयो । उहाँले भन्नुभयो “हामी दुई फरकफरक आन्दोलनका प्रतिक हौँ” नेपालले भन्नुभयो, “अहिले एकै ठाउँ उभिएका छौँ ।”

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Tapeshwar Mallick

    दूवै जना हानेॅ ।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?