लकडाउनको नयाँ मोडालिटीलाई आयो यस्तो प्रस्ताव

Shikharkhabar Shikharkhabar
|
शनिबार, जेठ २४, २०७७
|
|
२२ पटक हेरिएको
Shares

सारांश

  • सरकारले लकडाउन खुकुलो बनाउँदै लाने नीति अनुरुप प्रस्ताव तयार गरी निर्णयमा पुग्ने भएको छ ।
  • जस अनुसार मिति तय गरी विभिन्न चरणमा भिन्न क्षेत्रका सेवाहरु सञ्चालनको अनुमति दिने भएको छ ।
  • कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी) ले भौतिक दुरी कायम राखी आवश्यक सरसफाइको प्रोटोकल पालना गरी जेठ २५ बाट नै जिल्ला नकट्ने गरि साधन सञ्चालनको प्रस्ताव गरेको छ ।

सरकारले लकडाउन खुकुलो बनाउँदै लाने नीति अनुरुप प्रस्ताव तयार गरी निर्णयमा पुग्ने भएको छ । जस अनुसार मिति तय गरी विभिन्न चरणमा भिन्न क्षेत्रका सेवाहरु सञ्चालनको अनुमति दिने भएको छ ।

कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी) ले भौतिक दुरी कायम राखी आवश्यक सरसफाइको प्रोटोकल पालना गरी जेठ २५ बाट नै जिल्ला नकट्ने गरि साधन सञ्चालनको प्रस्ताव गरेको छ । काठमाडौं उपत्यकामा त्यता सवारी साधन तीन जिल्लामा सञ्चालन हुन पाउनेछन् । शुरुमा निजी सवारी साधान आधा सिट क्षमतामा सञ्चालन गर्न दिइनेछ ।

प्रस्तावमा दैनिक उपभोग्य सामाग्रीबाहेक अन्य सामाग्री विक्री हुने पसल तथा डिर्पाटमेन्टल स्टोरहरु, कपाल काट्ने सैलुन, आधामात्र यात्रु एकपटकमा राख्ने गरी छोटो दुरीका यात्रुवाहक सवारी साधनहरु, सम्बन्धित कार्यालयको परिचयपत्रका आधारमा कार्यालयको कामसँग सम्बन्धित सवारी साधनहरु सञ्चालन गर्न दिइने प्रस्ताव छ । मोटरसाइकलमा एकजना मात्र यात्रा गर्न पाउने उल्लेख छ ।

१ असारबाट धार्मिक स्थलहरु खोल्न दिइनेछ । सबै प्रकारका उद्योग व्यवसाय, आन्तरिक हवाई सेवा र लामो दुरीका यात्रुवाहक सवारी साधान सञ्चालन गर्न दिइनेछ । यात्रुवाहक सवारी साधनमा क्षमताको आधा सिटमा मात्र यात्रु चढाउन दिइनेछन् ।

मदिराजन्य पद्धार्थ विक्री वितरण गर्ने पसल, सपिङ मल पनि १ असारबाट खोल्न दिने प्रस्ताव छ । तर, कोभिड १९ को जोखिम कम भएका क्षेत्रमा मात्र लकडाउन खुकुलो हुनेछ । जोखिम बढी भएको स्थानलाई शिल्ड गरी लकडाउन गरिने प्रस्तावमा उल्लेख छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?