पासवर्ड नदिदाँ श्रीमानलाई श्रीमतीले जलाइन्

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष १७, २०७६
|
|
३७ पटक हेरिएको
Shares
पासवर्ड नदिदाँ श्रीमानलाई श्रीमतीले जलाइन्

सारांश

  • आफ्नो मोबाइलको पासवर्ड निदिँदा श्रीमतीले श्रीमानलाई जिउँदै जलाएकी छिन् ।
  • यो घटना इन्डोनेसियाको हो ।
  • पश्चिम नुसा टेङ्गोरा प्रदेशको पूर्वी लम्बोर्क रिजेन्सीमा २६ वर्षीय डेडी पुरनामा घरको छत मर्मत गरिरहेका थिए ।

आफ्नो मोबाइलको पासवर्ड निदिँदा श्रीमतीले श्रीमानलाई जिउँदै जलाएकी छिन् । यो घटना इन्डोनेसियाको हो । पश्चिम नुसा टेङ्गोरा प्रदेशको पूर्वी लम्बोर्क रिजेन्सीमा २६ वर्षीय डेडी पुरनामा घरको छत मर्मत गरिरहेका थिए ।

त्यही बेला उनकी श्रीमती इल्हाम चहयानीले उनको मोबाइलको पासवर्ड मागिन् । डेडीले पासवर्ड दिएनन् । त्यसपछि उनीहरु झगडा गर्न थाले । झगडाकै क्रममा डेडीले इल्हाममाथि कुटपिट गरे ।

स्थानीय सञ्चारमाध्यमले जनाए अनुसार झगडाका क्रममा इल्हामले डेडीमाथि पेट्रोल छर्किएर आगो लगाइन् । घटनाको दुई दिनपछि गएको बिहीबार उनको निधन भयो ।

पूर्वी लम्बोर्क प्रहरीका अनुसार मोबाइलको पासवर्ड डेडीले नदिएपछि उनकी श्रीमतीले पेट्रोल भरिएको भाँडो श्रीमानमाथि खन्याइन् र आगो लगाइन् । त्यसपछि डेडी पुरनामा नराम्ररी जले ।

उनलाई केरुआक हेल्थ सेन्टर लगियो तर दुई दिनपछि उनको निधन भयो । प्रहरीले उनकी श्रीमती इल्हाम चहयानीलाई हिरासतमा लिइ अनुसन्धान अघि बढाएको छ । एजेन्सी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एकीकृत समाजवादीः मंसिरभित्र प्रदेश र ८१ भित्र अधिवेशन गर्न निर्देशन
एकीकृत समाजवादीः मंसिरभित्र प्रदेश र ८१ भित्र अधिवेशन गर्न निर्देशन
उच्च अदालतद्धारा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका नाममा अन्तरिम आदेश जारी
उच्च अदालतद्धारा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका नाममा अन्तरिम आदेश जारी
देउवालक्षित शशांकको अभिव्यक्तिः आफ्नै बारेमा चिन्ता गर्नुहुन्छ भने त्यस्तो राजनीति चल्दैन
देउवालक्षित शशांकको अभिव्यक्तिः आफ्नै बारेमा चिन्ता गर्नुहुन्छ भने त्यस्तो राजनीति चल्दैन
कांग्रेसभित्र पौडेललाई देखियो आफ्नै समुह सम्हाल्न सकस
कांग्रेसभित्र पौडेललाई देखियो आफ्नै समुह सम्हाल्न सकस
स्वास्थ्य शिबिरमा ४०० जनाको निशुल्क स्वास्थ्य परिक्षण !
स्वास्थ्य शिबिरमा ४०० जनाको निशुल्क स्वास्थ्य परिक्षण !
ग्राण्डीमा फेरि गडबडी : दुई ट्रक प्रहरी बोलाई रमेशलाई मृत घोषणा
ग्राण्डीमा फेरि गडबडी : दुई ट्रक प्रहरी बोलाई रमेशलाई मृत घोषणा
वार्षिक तीन करोड घनफिट काठ आपूर्ति कसरी सम्भव हुन्छ ?
वार्षिक तीन करोड घनफिट काठ आपूर्ति कसरी सम्भव हुन्छ ?
बाँदरले सातो लिएपछि किसानले बाली नै लगाएनन्
अबदेखि यी फाइनान्सबाट पनि ठुला रकम ट्रान्सफर गर्न सकिने
अबदेखि यी फाइनान्सबाट पनि ठुला रकम ट्रान्सफर गर्न सकिने
सन्दीपले भने– जाहेरीवाला नाबालिग होइनन्
सन्दीपले भने– जाहेरीवाला नाबालिग होइनन्