लकडाउन खुकुलो बनाउन उच्चस्तरीय समिति छलफलमा
सारांश
- काठमाडौं, २० जेठ ।
- उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक सिंहदरबारमा जारी छ ।
- लकडाउन खुकुलो बनाउनेगरि समितिको बैठक बसेको हो ।
काठमाडौं, २० जेठ । उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक सिंहदरबारमा जारी छ । लकडाउन खुकुलो बनाउनेगरि समितिको बैठक बसेको हो । लकडाउन खुकुलो पार्नेगरि मोडालिटी तयार पार्न समितिले आज उद्योगपति तथा व्यवसायीहरुसँग छलफल गरेको थियो । अहिले विभिन्न सामाजिक संघ, संस्थाका प्रतिनिधिहरुसँग छलफल गरिरहेको छ । समितिले छलफलपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई लकडाउन खुकुलो पार्नेगरि नयाँ प्रस्ताव बुझाउने तयारी गरेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया