जितको दोस्रो दौडमा खगराज भर्सेस यज्ञबहादुर

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर १८, २०७४
|
|
२० पटक हेरिएको
Shares
जितको दोस्रो दौडमा खगराज भर्सेस यज्ञबहादुर

सारांश

  • पार्टीको जिल्ला नेतृत्व सम्हालेको अनुभव।
  • एक/एकपटक चुनाव जितेको र मन्त्री भएको अर्काे समानता पनि।
  • एकजना बहालवाला कानुनमन्त्री अर्काचाहिँ पूर्वस्वास्थ्यमन्त्री।

पार्टीको जिल्ला नेतृत्व सम्हालेको अनुभव। एक/एकपटक चुनाव जितेको र मन्त्री भएको अर्काे समानता पनि। एकजना बहालवाला कानुनमन्त्री अर्काचाहिँ पूर्वस्वास्थ्यमन्त्री।

कास्कीबाट प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिस्पर्धाका लागि उभिएका कांग्रेसका यज्ञबहादुर थापा र खगराज अधिकारी दोस्रोपटक आमनेसामने छन्। जसले जिते पनि उनीहरुको विजयको दोस्रो अनुभव हुनेछ। यसअघि उनीहरु दुवैले एकैसाथ २०६४ सालमा माओवादी उम्मेदवार देव गुरुङसँग हार व्यहोरेका थिए। यो क्षेत्रमा उनीहरूसहित

पूर्वस्वास्थ्य मन्त्री अधिकारी २०५१ मा कांग्रेसका तारानाथ रानाभाटलाई हराएर पहिलोपटक सांसद भएका थिए। २०६४ मा कांग्रेसका थापा देव गुरुङसँगको प्रतिस्पर्धामा तेस्रो भए पनि २०७० मा एमालेका मानबहादुर जिसीलाई झिनो अन्तरले हराएपछि सांसद र अहिले कानुनमन्त्री भए। थापा सांसदका लागि दोस्रोपटक चुनावी मैदानमा छन् भने अधिकारीको यो पाँचो खेप हो। २०४८ मा कांग्रेसका रानाभाटसँग हारेका उनले २०५१ मा साटो फेरे तर २०५६ भने फेरि उनैसँग हारे।

यी दुई उम्मेदवारबीचको अर्काे समानता एमाले अध्यक्ष केपी ओलीसँग जोडिन्छ। ओलीसँगै जेल बस्दादेखिको आत्मीय सम्बन्ध अधिकारीसँग छ। विपक्षी पार्टीकै भए पनि थापासँग समेत ओलीसँगै जेल बसेको अनुभवचाहिँ छ। भाषणका लागि दुवै नेता अति खरो मानिन्छन्। कम्युनिस्ट सिद्धान्तको कटु आलोचना गर्न सिपालु थापाको कार्यकर्ता माझ सरल नेताको छवि छ। विपक्षीको सातो उडाउन सक्ने गरी खरो र प्रखर वक्ता अधिकारी उत्तिकै बौद्धिक मानिन्छन्, र कार्यकर्ताको विश्वसनीय अभिभावक पनि हुन्। चुनावी प्रतिस्पर्धामा भने दुवैले एकापसको उछितो काढेका छैनन्। आआफ्नै एजेन्डा उरालिरहेका छन्।

एमालेका अधिकारीले ‘ह्याट्स’ को नारा दिएका छन्। हाइराइज आवासीय भवनहरु र हाइड्रो पावर, एग्रिकल्चर, टुरिजम र स्पोर्टस् उनको ह्याट्स नारामा समेटिएको छ। अझ उनी आफू स्वास्थ्य मन्त्री हुँदा गरेका कामको फेहरिस्त पनि प्रस्तुत गर्छन्। भन्छन्, ‘सबै नेपालीको स्वास्थ्य बिमाको कार्यक्रम लागु गरें, अब कुनै नेपालीले उपचार गर्न नपाएर मर्नुपर्दैन।’

पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई पोखरा स्वास्थ्य विज्ञान प्रतिस्ठान बनाएको, सिसुवा प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरेको, मुलुकभरका २ हजार २ सय ५ उपस्वास्थ्य चौकीलाई स्वास्थ्य चौकी बनाएको, पोलियो उन्मूलन गरेको, कास्कीकै थुम्सीकोटमा प्राथमिक स्वास्थ्य केन्द्र स्थापना गरेको, अर्मला र बाटुलेचौरका स्वास्थ्य चौकीको स्तरोन्नति गरेको लगायत उनको भनाइ छ। उनी आफ्नै पालादेखि ७० थरी औषधि निशुल्क उपलब्ध गराउने नीति ल्याएको पनि बताउँछन्।

कांग्रेसका थापा आफू सांसद भएर निर्वाचन पूर्वाधार विकास र संसद विकास कोषमार्फत गाउँगाउँमा विकास निर्माणमा योगदान गरेर धेरैको मन जित्न सकेको विश्वासमा छन्। निर्वाचन जितिसकेर गाउँ नफर्कने चलन विपरीत आफू सधैं मतदाताकहाँ फर्किरहेको हुँदा पनि फेरि चुनाव जित्ने अर्काे आधार उनी देखिरहेका छन्। कानुन मन्त्रीका हैसियतले निर्वाचनका लागि आवश्यक कानुन ल्याउन सक्नु, बेलामा निर्वाचन गराउन मन्त्रीका हैसियतले योगदान गर्नुलाई पनि उनले आफ्नो सबल पक्षका रुपमा व्याख्या गरेका छन्। भन्छन्, ‘हिजो संविधान बनाउन गएको थिएँ, संविधान बनाउन योगदान गरें, अब समृद्धिका लागि र विकासका लागि योगदान गर्छु।’

मादी र रुपा गाउँपालिका तथा पोखरा महानगरपालिकाका १०, १२, १३, १४, २६, २७, २८, २९, ३०, ३१ र ३२ नम्बर वडा कास्कीको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा छन्। स्थानीय तह निर्वाचनमा मादी र रुपामा एमालेले अध्यक्षसहित बहुमत पदमा विजय हाँसिल गरेको थियो। महानगरका ११ वटा वडामध्ये ३ वटामा मात्रै कांग्रेसले जितेको थियो। यो निर्वाचन क्षेत्रमा ९६ हजार मतदाता छन्।

२०१५ सालयता कास्कीबाट मन्त्रिपरिषद सदस्य (फुलमन्त्री) बन्नेको संख्या केवल ५ छ। त्यसमध्ये ४ जना कास्की क्षेत्र नम्बर १ कै हुन्। तीमध्ये पनि खगराज अधिकारीबाहेक सबैजना कानुनी मन्त्रीमात्रै भएका छन्। तारानाथ रानाभाट, देव गुरुङ र यज्ञबहादुर थापाले त्यो जिम्मेवारी सम्हाल्न पाए।

२०१५ सालमै कास्कीका मीनबहादुर गुरुङ बिपी कोइराला नेतृत्व सरकारमा रक्षा सहायक मन्त्री भएका थिए। त्यसयता मन्त्री भएका गणेश शेरचन, लक्ष्यबहादुर गुरुङ, उत्तम पुन, महादेव गुरुङ, हरि पाण्डे, प्रकाश गुरुङ र तुलबहादुर गुरुङ राज्य वा सहायक मन्त्रीमात्रै बन्न सके। पुष्पकमल दाहालले दोस्रोपटक नेतृत्व गरेको सरकारमा अखण्ड नेपाल पार्टीको कुमार खड्का भने महिला तथा बालबालिका मन्त्री भए। उनी कास्की क्षेत्र नं २ का बासिन्दा हुन्। अखण्ड पार्टीको समानुपातिक सूचीबाट १ जनामात्रै सांसद बन्न पाउँदा उनले मन्त्रीसमेत पड्काउन भ्याए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकार परिवर्तनको अध्याय सकियो : रक्षामन्त्री पोखरेल
सरकार परिवर्तनको अध्याय सकियो : रक्षामन्त्री पोखरेल
Tiny Known Ways to Asian Ladies For Marital life – khersonbrides. net
लागूऔषध सहित एक युवा पक्राउ, दुर्घटना मा एक जना को मृत्यु
लागूऔषध सहित एक युवा पक्राउ, दुर्घटना मा एक जना को मृत्यु
माओवादी नेता बादल नवलपुर १ को उम्मेदवार !
माओवादी नेता बादल नवलपुर १ को उम्मेदवार !
२७ वर्षपछि विश्व कपमा श्रीलंकाद्वारा वेष्टइण्डिज पराजित, आविष्का बने हिरो
२७ वर्षपछि विश्व कपमा श्रीलंकाद्वारा वेष्टइण्डिज पराजित, आविष्का बने हिरो
बेलायती प्रधानमन्त्री जोनसनलाई बहुमत, ब्रेक्जिट सम्झौतालाई जनताको अनुमोदन
बेलायती प्रधानमन्त्री जोनसनलाई बहुमत, ब्रेक्जिट सम्झौतालाई जनताको अनुमोदन
तीन वर्षीय भतिजाको घाँटी थिचेर हत्या गर्ने एक महिला पक्राउ !! आगलागीमा जलेर दुई बालबालिको मृत्यु…
तीन वर्षीय भतिजाको घाँटी थिचेर हत्या गर्ने एक महिला पक्राउ !! आगलागीमा जलेर दुई बालबालिको मृत्यु…
म हुँदासम्म गोरखकाली रबर उद्योग निजीकरण हुन दिन्न : भट्टराई
म हुँदासम्म गोरखकाली रबर उद्योग निजीकरण हुन दिन्न : भट्टराई
मह संचार’ले ‘सत्रु गते’ बनाउने , दीपक-दीपादेखि पल शाह, प्रियंका कार्की, आँचल शर्माको , एउटै पर्दामा अभिनय!
मह संचार’ले ‘सत्रु गते’ बनाउने , दीपक-दीपादेखि पल शाह, प्रियंका कार्की, आँचल शर्माको , एउटै पर्दामा अभिनय!
एनसेललाई ३९ अर्ब कर किन तोकेको : सर्वोच्च
एनसेललाई ३९ अर्ब कर किन तोकेको : सर्वोच्च

तपाईंले छुटाउनुभयो कि?